@arman_rain: आज मेरो घरमा आक्रमण भयो। किन गरियो? कसले गर्यो ? हाम्रो गल्ती के थियो ? के केवल हामी मुस्लिम भएकै कारण ? खै त समाज ? खै त प्रशासन ? हिजोसम्म हाम्रो समाजमा कसैलाई दुःख पर्दा हामीले आफ्नै परिवार सम्झेर साथ दियौं, हातेमालो गर्यौं। हिन्दू र मुस्लिम मिलेर वर्षौंसम्म आपसी सम्मान र भाइचारासाथ बस्दै आएका थियौं। आज अचानक यस्तो अवस्था किन आयो? आज हाम्रो घरमा भएको आक्रमण कुनै सामान्य घटना थिएन। यो एक व्यक्तिलाई लक्षित गरेर योजनाबद्ध रूपमा गरिएको हमला थियो। सबैभन्दा दुःखको कुरा, प्रहरी, मेयर तथा सम्बन्धित निकायलाई पटक–पटक सम्पर्क गर्दा पनि समयमै कोही पुग्न सकेन। समाजबाट पनि यो घटना रोक्न वा शान्त बनाउन अपेक्षित सहयोग प्राप्त भएन। यही हो हाम्रो भाइचाराको वास्तविकता ?