@tejdumrel10203040: ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’ संग्रह सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जान्छन् । “हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्... !”, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, “ए, लेखिदिने ! हुन्छ ।” साहुजी अघि उठेकै ठाउँमा फर्किँन लागेको बेला फेरि आवाज आउँछ, “सर, केही सामान राख्नुछ ?” “अहिले होइन, दुई/तीन दिनपछि आउनुस् ल”, साहुजीले उस्तै मुस्कानसहित उत्तर फर्काउँछन्। फेरि अर्को आवाज आउँछ, “साहुजी कति बोरा चामल ?” साहुजीले आफ्नै शैलीमा भन्छन्,“चार बोरा मोटा, तीन बोरा मसिना !” पसलमा राखिसकेपछि बिल थमाउँदै चामलवाला भन्छन्,“पैसा दिनुस् न, नभए चेक दिए नि हुन्छ ।” “चेक त दिने पैसा ?” “दिनु न दिनु !”, साहुजी जवाफ फर्काउँछन्, “हुन्छ, तर एक महिनापछि मात्रै साट्न जानु ल ।” बिहानको समय, धनगढीको एउटा साधारण किराना पसलमा ग्राहकको आवतजावत सुरु भइसकेको छ । ग्राहक आउँछन् । सामान माग्छन् । काउन्टरभित्र बसेका साहुजी सामान तौलिन्छन्, बिल बनाउँछन्, मुस्कुराएर ग्राहकलाई बिदाइ गर्छन्। अलिकति फुर्सद भएमा फेरि राजनीतिक गफ सुरु हुन्छ, तर कुरा टुङ्गिन पाउँदैन । फेरि उही सिलसिला । सामान माग्ने, दिने ! एउटा पसलको यो दृश्य र साहुजीको विषय धेरैलाई सामान्य लाग्न सक्छ, तर केही वर्षअघि यही व्यक्ति प्रदेश सरकारको मुख्यमन्त्री थिए। कतै जाँदा अघिपछि सरकारी गाडीको लस्कर । सुरक्षा घेरा । एउटा निर्णयले हजारौँ कर्मचारी र लाखौँ नागरिकको जीवन प्रभावित हुने स्थानमा पुगेका व्यक्ति । आज उनको निर्णय ग्राहकको मागमा निर्भर छ । चामलको बोरा उठाउने कि, अण्डा दिने । दाल दिने कि अरु नै । ती व्यक्ति हुन्–सुदूरपश्चिमका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट। नेपालमा अधिकांश नेता र उच्च ओहदामा पुगेका व्यक्तिले विलासी र वैभवशाली जीवन बाँच्छन् भन्ने भाष्यबीच यी साहुजी अर्थात् पूर्वमुख्यमन्त्री भट्टले एउटा साधारण जिन्दगी बाँचिरहेका छन्। त्यसैले पनि धनगढी उपमहानगरपालिका–४ घरेलु चौकस्थित त्यो ‘न्यू प्रस्थान किराना पसल’ साधारण छैन । “राजनीति मेरो लागि सेवा हो, जीवन चलाउने माध्यम होइन”, पूर्वमुख्यमन्त्री भट्टको यो भनाइ राजनीतिक भाषण मात्रै होइन, जीवनशैली नै बनेको छ । मुख्यमन्त्री हुनुअघि उनले राजनीति र खेतीसँगै गर्थे । लामो समय त भारतमा काम गरेर बिताए । भट्ट सङ्घीयता कार्यान्वयनका क्रममा २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनपछि कार्यकारी जिम्मेवारीमा पुगे । त्यसबेला ‘चौकीदार मुख्यमन्त्री’ भनेर चर्चासमेत भएको थियो । पदबाट बाहिरिएपछि उनले आफ्नो पहिलेकै जीवनतर्फ फर्किएका छन्, अर्थात् श्रम र राजनीतिसँगै गर्ने जीवनतर्फ । “कार्यकारी भूमिका निर्वाह गरेपछि तरकारीखेती गर्ने इच्छा थियो, जमिन छैन । भाडामा लिनसक्ने पुँजी भएन । ठुलो व्यापार गर्ने हैसियत थिएन”, भट्टले भने, “ अन्ततः एउटा सानो किराना पसलबाट नयाँ सुरुआत गर्ने निर्णय गरेँ । २०८२ वैशाखमा यो पसल सञ्चालन गरेको हुँ ।” ठुलो लगानी थिएन । अचेल पनि अवस्था त्यही छ—अलिअलि सामान बेच्ने, फेरि किन्ने, फेरि बेच्ने । “सानैबाट सुरु गरौँ भन्ने सोचबाट रु तीन/चार लाख लगानीमा यो पसल सञ्चालन भएको हो, अहिले पनि ठुलो बनाउन सकिएको छैन । हेरौँ भविष्यमा के के हुन्छ”, उनी भन्छन्। भट्टको सपना केबल किराना पसल चलाउनु मात्रै होइन, सुदूरपश्चिमका रैथाने अन्न, अर्गानिक उत्पादन र स्थानीय किसानका वस्तुलाई बजारसँग जोड्ने केन्द्र बनाउने हो। लगानीले भने साथ दिएको छैन, तर सपना अझै जीवितै रहेको उनले सुनाए। लगानी नभएकाले व्यवसाय सानै छ । दैनिक हुने कारोबारले केहीले सामान थप्ने र केहीले परिवारका आवश्यकता पूरा गर्ने चक्र चलिरहेको छ । पूर्वमुख्यमन्त्री भट्टको जीवन पनि त्यही चक्रमा छ–सामान्य, तर स्वाभिमानी। सानो व्यापार, ठुलो सन्देश त्रिलोचन भट्ट २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट चुनावमा पराजित भए । वि.सं. २०७४ को निर्वाचनमा भने डोटीको (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए। तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट चुनाव जितेका उनी सर्वसम्मत संसदीय दलको नेता र पाँच वर्ष मुख्यमन्त्री भए। नेपाली राजनीतिमा एउटा अनौठो संस्कार छ । एकपटकको नेता सधैँको नेता । कामभन्दा कुरा बढी । अनि अवसर पाएका बेला कमाइहालौँ भन्ने सोच । उहाँले पनि पाँच वर्ष मुख्यमन्त्रीका रुपमा सरकारले दिएको सुविधा उपयोग गरे तर त्यसपछि के गर्ने भनेर कहिल्यै सोचेनन् । पाँच वर्ष महँगो गाडी चढे । राज्यसत्ता के हो भनेर बुझे तर पदमा नहुँदा के गर्ने ? “त्यसबारे कहिल्यै सोचिन, किनकी मुख्यमन्त्रीबाट हटेपछि मैले बाँच्ने जिन्दगीबारे प्रष्ट थिए ।
तेजबहादुर डुम्रेल
Region: NP
Saturday 01 August 2026 09:18:25 GMT
Music
Download
Comments
Amitaeir :
great man
2026-08-02 04:56:28
1
its_M£_D££Pu_ ¢hh£t®i🇳🇵🇰🇼 :
respect sor
2026-08-01 19:22:29
0
Dipendra shahi :
well done
2026-08-02 12:52:17
1
Pramanand Pant :
great man
2026-08-02 02:35:51
0
Harka singh Karki :
Yesto maanxe neta hunu raamro ho, he is really a good person
2026-08-02 00:50:25
1
💎 :
Really a inspiring leader❤️
2026-08-02 10:33:56
2
Utsav kazi7 :
देखावटी गिजा जति उफारे नि हुन्छ तर व्यापार राम्रो छ
2026-08-01 14:10:23
8
govindasapkota878 :
सु प का त्यागी र निश्कलंक सफा समाजसेवि हाम्रो पुर्व मुख्य मन्त्री ज्यु सलाम छ हजुरको त्याग र सादगि जीवन❤️❤️❤️
2026-08-02 04:24:39
3
डि बि रावल :
सलाम कमरेड
2026-08-01 16:33:09
2
KAPIL💗🇯🇵 :
सलाम छ जनताका नेता❤️धरै चोटि प्रत्यक्ष भेटघाट गरेको छु, असाध्यै सरल स्वभाव उहाँको।
2026-08-01 19:46:44
5
Suyog Bikram Shah :
सादगी नेता
2026-08-02 09:49:15
1
Dambar Karki :
सर्बहारा जनताका नेता अदारणिय पुर्ब मुख्यमन्त्री ज्यु
2026-08-01 10:59:27
1
मान बहादुर चलाउने :
🥰🥰
2026-08-01 10:53:53
1
कलसी रोकाया :
उहाँको सरल स्वभाव मन पर्छ।
2026-08-02 16:49:00
1
man Singh dhami :
सादा जिवन उच्च बिचार ।
2026-08-01 16:27:29
1
Harendra Bam Thakuri :
Great
2026-08-01 14:20:07
1
Manoj kumar paudel :
Salam chh sir
2026-08-03 12:13:16
0
ccc234coverd2020@uae🇦🇪 :
wow कति साधारण जिन्दगी यो होनि । उहाँ नै हो सबै को नेता ।
2026-08-01 15:58:45
1
Aasha Upadhayaya :
शालिन भद्र सकारात्मक ऊर्जाले भरिपूर्ण नेता
2026-08-03 02:05:16
1
@Bhimbohara123 :
💓💓💓💓💓💓सादगी नेता🙏🙏🙏🙏🙏
2026-08-03 02:01:36
0
Bhumi Jaishi :
🥰
2026-08-03 06:24:05
0
madhav :
good job
2026-08-03 14:37:07
0
KUSANG🖤 :
Avibadan
2026-08-03 08:36:29
0
tekrajawasthi47 :
असाध्यै शालीन भद्र र सकारात्मक प्रेरणादायिक ऊर्जाले भरिपूर्ण व्यक्तित्वका धनी ।।
2026-08-01 14:30:32
0
To see more videos from user @tejdumrel10203040, please go to the Tikwm
homepage.