@ishankhadka505: आमाले सोधेकी थिइन्, "निर्मल, आमाबुबा स्याहार्न गाह्रो हुन्छ भनेर हिमालमै मर्न हिँडेको हो? विश्व पर्वतारोहण इतिहासमा ‘असमभ्व’ मानिएका कीर्तिमानहरूलाई सम्भव बनाएर नेपालको झण्डा विश्वको सर्वोच्च शिखरहरूमा फहराउने साहसी नायक निर्मल पुर्जा ‘निम्सदाइ’ को दुःखद निधनले विश्वभर शोक छाएको छ। पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक (Broad Peak) हिमाल आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी ४३ वर्षीय पुर्जाले ज्यान गुमाएका हुन्। पाँच वर्षअघि कठोर शीतकालमा पहिलोपटक खतरनाक के-टू (K2) हिमालको सफल आरोहण गराएर इतिहास रचेका पुर्जाले अन्ततः हिमालमै आफ्नो अन्तिम सासर फेरेका छन्। ६ महिना ६ दिनको चमत्कार र नेटफ्लिक्सको चर्चा सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ (Project Possible) अभियान सञ्चालन गर्दै निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका थिए। उनको यही साहसिक यात्रा र नेपाली शेर्पाहरूको वीरतामा आधारित नेटफ्लिक्स (Netflix) डकुमेन्ट्री ‘14 Peaks: Nothing Is Impossible’ र उनको आत्मकथा पुस्तक ‘Beyond Possible’ ले विश्वव्यापी रूपमा अत्यधिक लोकप्रियता हासिल गरेको थियो। उनी नेपालको साहसिक पर्यटन र नेपाली पर्वतारोहीको स्वाभिमानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउने मुख्य सूत्रधार थिए। "आमाबुबा स्याहार्न गाह्रो भएर हिमालमै मर्न हिँडेको हो?" निर्मल पुर्जाको सफलताका कीर्तिमानहरूसँगै उनको जीवनको सबैभन्दा भावुक र कारुणिक अध्याय उनकी आमा स्वर्गीय पूर्णकुमारी पुर्जासँग जोडिएको थियो। विश्वका १४ वटा खतरनाक हिमाल आरोहणको ज्यान जोखिममा पार्ने अभियानमा निस्किनुअघि उनकी आमाले निकै भावुक हुँदै सोधेकी थिइन्: "निर्मल, आमाबुबा स्याहार्न गाह्रो हुन्छ भनेर हिमालमै मर्न हिँडेको हो?" आमाको त्यो प्रश्नले पुर्जाको मन क्षतविक्षत बनाएको थियो। तर, उनले आमाको आशीर्वाद लिएर आफ्नो सपना पूरा गरे र संसारलाई जिते। विमानस्थलमै सुनेका थिए आमाको निधनको खबर आमाप्रतिको अगाध प्रेम र श्रद्धा रहेका पुर्जाले सन् २०२० मा आमाका लागि नयाँ घर किनेर त्यहीँ राख्ने सपना बुनेका थिए। तर, जब उनी आमालाई नयाँ घरमा सार्न बेलायतबाट नेपाल फर्किए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनले आमा बितेको बज्रपातपूर्ण खबर सुन्नुपरेको थियो। आमाको काख छुटेको ६ वर्षपछि, आज उनै निम्सदाइले पनि यो संसार छाडेका छन्।
FUNNY KD
Region: KR
Sunday 02 August 2026 12:06:12 GMT
Music
Download
Comments
गिता :
काेहि पनि अामाले त्यस्ताे भन्दिनन्,
2026-08-02 14:22:32
1
Rana sarkar :
J payo tei bolna hunna hidney belama buda puranale vanxaan . Jivan ra mrityu ko shakti jibro ma hunca
2026-08-02 14:10:18
0
ज्वाला :
😭😭😭
2026-08-02 13:22:09
0
To see more videos from user @ishankhadka505, please go to the Tikwm
homepage.