@susmitey05: भावपूर्ण श्रद्धाञ्जलि😭🙏 परम आदरणीय सच्चाई केन्द्रका गुरु श्री कृष्ण आले सरज्यूको निधनको खबरले मन अत्यन्त मर्माहत भएको छ। उहाँले आफ्नो सम्पूर्ण जीवन सत्य, मानवता, प्रेम र सेवाको मार्गमा समर्पित गर्दै दुःख र पीडामा रहेका असंख्य मानिसहरूलाई आशा, आत्मबल र सही जीवन जिउने प्रेरणा दिनुभयो। उहाँका अमूल्य शिक्षा, सरल व्यक्तित्व र निस्वार्थ सेवाभावले धेरैको जीवनमा उज्यालो ल्यायो। आज उहाँ शारीरिक रूपमा हामीबीच नरहनुभए पनि उहाँले देखाउनुभएको सत्यको मार्ग, जीवनदर्शन र मानव सेवाको भावना सधैं हाम्रो हृदयमा जीवित रहनेछ। उहाँका आदर्शहरू हामी सबैका लागि प्रेरणाको स्रोत बनिरहनेछन्। परमेश्वरले उहाँको पुण्य आत्मालाई चिरशान्ति प्रदान गरून्। शोकाकुल परिवार, सच्चाई केन्द्र परिवार तथा सम्पूर्ण श्रद्धालुजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। हार्दिक श्रद्धाञ्जलि 😭😭😭 #chitwan_muser🇳🇵fypシ❤️