@anoshtamang1212: भजनसंग्रह १२१:१-८ 🥀📖🤲🛐 पहाड़हरूतिर म मेरा आँखाहरू उठाउँछु; मेरो सहायता कहाँबाट आउँछ? २ मेरो सहायता परमप्रभुबाट नै आउँछ, जसले आकाश र पृथ्वी बनाउनुभयो। ३ उहाँले तिम्रो पाउ चिप्लन दिनुहुनेछैन; तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँग्नुहुनेछैन। ४ हेर, इस्राएललाई रक्षा गर्नुहुने उँग्नुहुनेछैन, न निदाउनुहुनेछ। ५ परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ; परमप्रभु नै तिम्रो दाहिने हातपट्टि तिम्रो छहारी हुनुहुन्छ। ६ दिनको समयमा सूर्यले तिमीलाई पोल्नेछैनक, न ता रातको समयमा चन्द्रमाले प्रहार गर्नेछ। ७ परमप्रभुले तिमीलाई सबै खराबीबाट रक्षा गर्नुहुनेछ; उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुनेछ। ८ परमप्रभुले तिम्रो जावत-आवत अहिलेदेखि सदा-सर्वदा रक्षा गर्नुहुनेछ्।अ्मेन्।🙏🥀