Christan Dorje :
आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्”
(प्रकाश २:७)।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ:
“परमेश्वरको व्यवस्थापन यस्तै छ: उहाँ मानवजातिलाई—परमेश्वर के हुनुहुन्छ, सृष्टिकर्ता के हुनुहुन्छ, परमेश्वरलाई कसरी आराधना गर्ने, वा तिनीहरू किन परमेश्वरमा समर्पित हुनुपर्छ भन्ने कुरा जान्दै नजान्ने मानवजातिलाई शैतानको हातमा सुम्पिनुहुन्छ—अनि उनीहरूलाई चाहेअनुसार भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिनुहुन्छ; त्यसपछि चरणबद्ध रूपमा, उनीहरूले परमेश्वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, उहाँ तिनीहरूलाई शैतानको हातबाट पुनः फिर्ता लिनुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। यो पौराणिक कथाजस्तो सुनिन सक्छ, र यो बुझ्नै गाह्रो लाग्न सक्छ। मानिसहरूलाई यो पौराणिक कथा जस्तो लाग्छ किनभने विगतका केही हजारौँ वर्षको अवधिमा मानिसलाई के भएको छ भन्नेबारे तिनीहरूलाई आभास नै छैन, ब्रह्माण्ड र आकाश-मण्डलमा कति वटा कथाहरू घटे भन्नेबारे तिनीहरूलाई झनै थाहा छैन। अनि त्योभन्दा पनि बढी, यसको कारण के हो भने, तिनीहरू आफ्नो नश्वर आँखाले भौतिक संसारभन्दा बाहिर अस्तित्वमा रहेको अझै अद्भुत, अझै डरलाग्दो संसार देख्नै सक्दैनन्। तिनीहरूलाई यो बुझ्न नसकिने जस्तो लाग्छ किनभने तिनीहरूमा परमेश्वरले दिने मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कामको महत्त्वबारे बुझाइ छैन, र तिनीहरू परमेश्वर वास्तवमा कस्तो मानवजाति चाहनुहुन्छ भन्ने कुरा बुझ्दैनन्। के यो आदम र हव्वाजस्तै शैतानद्वारा पटक्कै भ्रष्ट नगरिएको हो? होइन! परमेश्वरको व्यवस्थापनको उद्देश्य भनेको परमेश्वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको एउटा समूह प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरू उप्रान्त शैतानलाई आफ्ना पिता मान्दैनन्; बरु, तिनीहरू शैतानको घिनलाग्दो मुहारलाई चिन्छन् र त्यसलाई इन्कार गर्छन्, अनि तिनीहरू परमेश्वरको न्याय र सजाय स्वीकार गर्नका लागि परमेश्वरसामु आउँछन्। तिनीहरू कुरूप र पवित्रबीचको अन्तर थाहा पाउन र परमेश्वरको महान् ता र शैतानको दुष्टता पहिचान गर्न पुग्छन्। यस्तो मानवजाति उप्रान्त शैतानको सेवा गर्नेछैन, वा शैतानको आराधना गर्नेछैन वा शैतानलाई प्रतिष्ठापित गर्नेछैन। किनभने तिनीहरू परमेश्वरद्वारा साँच्चै प्राप्त गरिएका मानिसहरूको एउटा समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको महत्त्व यही नै हो। यस व्यवस्थापनको कार्यको दौरान, मानवजाति शैतानको भ्रष्टता, र साथसाथै परमेश्वरको मुक्तिको पात्र हो, त्यो उपज हो जसका लागि परमेश्वर र
2026-08-18 03:36:49