@nepalnextleader: ‘निम्सदाईसहित पर्वतारोहीहरूको निधनमा विश्वले ट्रिब्युट दियो, तर सरकारले एउटा भिडियो सन्देश पनि दिएन, यो ‘फर द पिपुल’ सरकार होइन’ — निशा अधिकारी सगरमाथाको सफल आरोहण गरिसकेकी अभिनेत्री निशा अधिकारीले पर्वतारोहणको वास्तविकता जोखिम र अनिश्चितताले भरिएको यात्रा भएको बताएकी छन्। साथै, निम्सदाईप्रति विश्वभरबाट श्रद्धाञ्जली व्यक्त भइरहेका बेला नेपाल सरकारको मौनताप्रति पनि उनले असन्तुष्टि जनाएकी छन्। निम्सदाईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत कुनै पनि पर्वतारोही हिमाल चढ्न निस्कँदा ‘म निश्चित रूपमा फर्केर आउँछु’ भन्ने सोच लिएर नजाने बताएकी हुन्। उनले प्रकृतिलाई चुनौती दिने मानसिकता दम्भ र मूर्खता हुने उल्लेख गर्दै अनुभवी पर्वतारोही, हाइकर र क्लाइम्बरहरूलाई मौसम, हिमपहिरो, ग्लोबल वार्मिङलगायत कारण हिमालको अवस्था जुनसुकै बेला बदलिन सक्ने भएकाले अन्तिम निर्णय सधैं प्रकृतिकै हातमा रहने राम्रोसँग थाहा हुने बताएकी छन्। अधिकारीका अनुसार पर्वतारोहीहरू हिमालप्रति नतमस्तक हुँदै सुरक्षित आरोहणको कामना गरेर मात्र यात्रा सुरु गर्छन्। परिवारसँग बिदा हुँदा पनि त्यो अन्तिम बिदाइ हुन सक्ने सम्भावना मनमा राखेरै निस्किनुपर्ने भएकाले फर्किने कुनै ग्यारेन्टी हुँदैन। उनले निम्सदाईको परिवारप्रति विशेष सम्मान व्यक्त गर्दै नेपाल र नेपाली पर्वतारोहणलाई विश्वसामु चिनाउन उहाँले पुर्‍याएको योगदानको सबैभन्दा ठूलो मूल्य परिवारले चुकाएको बताएकी छन्। यस्तै, सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै अधिकारीले भनिन्, “संसारले ट्रिब्युट दिएको बेला यो सरकारले एउटा भिडियो म्यासेज पनि दिएन। कुनै पनि एंगलबाट यो सरकार ‘फर द पिपुल’ भन्ने सरकार नै होइन जस्तो लाग्छ मलाई।” उनले शेर्पा समुदाय र नेपाली पर्वतारोहणबिनाको हिमाल पर्यटन सम्भव नरहेको उल्लेख गर्दै निम्सदाईको क्षति एउटा परिवारको मात्र नभई सम्पूर्ण राष्ट्रकै क्षति भएको धारणा व्यक्त गरेकी छन्। #for #foryou #foryoupage #fypシ #fypシ゚viral

RSP 💚🔔🇳🇵🇳🇵✨
RSP 💚🔔🇳🇵🇳🇵✨
Open In TikTok:
Region: QA
Wednesday 05 August 2026 05:07:24 GMT
54333
1466
54
13

Music

Download

Comments

geetashrestha782
Geeta Shrestha :
Arule diyo diyenako kura haina k timile diyo vayonita sadai sarkarko birod bolna jaruri cha
2026-08-05 06:38:43
26
amritarasaili94
Amrita❤️ :
आफ्नो सहमतिले समन्धमा धोका भयो भने बालेन सरकारलाई दोश आफ्नो खोला को डिलमा घर बनाउछन अनि बाढिले बगायो भने सरकारलाई दोस अनि आफू आफू अनेक कुरालाइ लिएर मारकाट गर्छ्न बालेन सरकारलाई दोस तर पहिले केपि हरुको सरकार हुदा यो आरोप यो आवज किन उठेन अहिलेको सरकारले त धेरै राम्रो काम गरिरहेको छ त जे कुरामा पनि बिरोध गर्न जरुरी छर भन्या
2026-08-05 16:04:27
30
bhojendragurung3
Bhojendra Gurung :
Pahila nai Balen sarkarle vanisakyo
2026-08-05 10:01:40
7
shradhashrestha904
Shradha .. :
stop polluting and its not mandatory to spill dirt on everything..huamnity khai..harek kurama political issue banauna jaruri cha ra!! His family is suffering grieving ..kasle k vanyo vanera issue raise haina josle sakcha usle mann bata condolence diney ho not for publicity..🙏🙏
2026-08-05 07:42:43
8
riderrider.riderrider
Rider :
Sahi vannu vayo dd!! Sarkar KO prabakta le ho jankari Diney...status le hoina..!!! Sarkar le 1 din sok bida dinu parnexa!!
2026-08-08 11:12:53
1
moonwalker1234567
Moonwalker :
I think due to British citizenship card Nepal government didn't care
2026-08-05 08:30:21
0
holinp2024
MaMa.jee :
Rest & Peace Nims Dai. We always with you.
2026-08-06 04:42:24
0
rashmimagar249
Magarnee Dalli ❤️‍🩹 :
जनताको sarakar hoin yo
2026-08-05 13:31:07
2
anitashrestha6312
AniTa🦋 :
oho ma ta vakhar biujhiye aba sarkar ko birodhma status halxu, seriously ?
2026-08-07 06:05:48
0
prakash78pokhrel
prakash78pokhrel :
एक दीन सोक बीदा दीनु पार्ने होइन र ?
2026-08-05 15:54:42
4
devikarana8
@They v ka :
haina jati pani marxan sabai lai sarkarle sambodhan garnu jaruri xa ra🙏🙏🙏
2026-08-06 00:16:24
0
beautifulmind_3
SUSMITA :
Timi le bhanda dherai paile Balen sarkar le bhanyaa chha hera na.
2026-08-05 16:37:50
1
anankus7
ALEXANDER :
जेन्जि सहिदहरुलाई त दिएको छैन आज सम्म
2026-08-10 01:43:57
0
meghakhand
megha💃👸👸 :
Tehi pani balen le halisaknu vo ta
2026-08-05 13:48:08
2
thapa.ashika0
Scorpio :
rest ni peace 😢
2026-08-06 13:38:24
0
dhanuadhikari3
Dhanu Adhikari :
सत्य बोलनुभो चेलि न बोलयो न यो सरकार ले कुनै कुटनैतिक कदम चालयो
2026-08-08 16:07:34
0
bunz179
BUNU KC :
tai ta
2026-08-05 15:04:54
0
namca36
ale bashi :
moile ni sarkar sang thulo aas rakheko thiea😥
2026-08-05 13:57:52
0
rabin7waiba
waibaz collections :
right
2026-08-10 13:40:49
1
roopa_001
Mrs.रुपाश्री थापा :
J ma ni sarkar kai birod aafule ramro garum na kina aarulai naramro dekhauna aabsek xaina 🙏🙏
2026-08-05 15:30:30
0
zenith0906
zenith :
balen ko status herna vyayenau madam
2026-08-05 20:17:45
0
tharu.kaish.tharu
Tharu Kaish Tharu🇳🇵🇧🇱 :
rip
2026-08-05 16:04:28
0
r_jn46
Shayad ♻️ :
यो देशको राजनीतिमा बिश्व हल्लाउनेको रेकर्ड हुँदैन किनकि ब्याक्ती, जाती, र धर्मको राजनीति चेतना भएकाहरुको औकातले पुग्दैन देश बिकास नाम र सान के हो भनेर ।🙏
2026-08-06 03:55:12
0
To see more videos from user @nepalnextleader, please go to the Tikwm homepage.

Other Videos


About