@santosh_khadka0: आज देश, घरपरिवार र आफ्ना प्रियजनहरूबाट टाढा भएर विदेशिएको पनि एक वर्ष पुरा भएछ। 🇳🇵❤️ समय साँच्चिकै कति छिटो बितेछ, एक वर्ष बितेको पत्तै भएन। एक वर्षअघि परिवारको खुसी, उज्ज्वल भविष्य र थुप्रै सपना बोकेर मातृभूमि छोडेको थिएँ। विदेशमा आएँ, संघर्ष गरें, धेरै कुरा सिकें। तर शरीर मात्र विदेशमा रह्यो, मन भने सधैं आफ्नै देश, आफ्नै गाउँ, आफ्ना परिवार र आफ्ना प्रियजनहरूसँगै रहिरह्यो। तर यो एक वर्षले खुसीभन्दा धेरै पीडा पनि दियो, देशमा भएको ठूलो परिवर्तन जेन्जी आन्दोलन ले धेरै परिवारलाई कहिल्यै नमेटिने घाउ दियो। त्यही आन्दोलनका क्रममा मैले मेरो अत्यन्त प्रिय भाइ सुभाष बोहरालाई सधैंका लागि गुमाएँ त्यो पीडा आज पनि मनबाट मेटिएको छैन,विदेशमा बसेर आफ्नै मान्छे गुमाउनु कति पीडादायी हुन्छ भन्ने कुरा शब्दले कहिल्यै बयान गर्न सक्दैन। प्रिय भाइ, जहाँ भए पनि शान्तिमा रहनु, तिम्रो सम्झना सधैं मेरो हृदयमा जीवित रहनेछ। 🙏🕊️ समय यत्तिमै रोकिएन, यही अवधिमा मेरो मामाघरमा पनि अर्को ठूलो दुःख आइपर्यो। मेरा एकमात्र मामा पनि हामी सबैलाई छोडेर सधैंका लागि बिदा हुनुभयो। पहिले नै आमाको माया गुमाइसकेको मेरो जीवनमा यो अर्को असह्य पीडा थियो। कहिलेकाहीँ लाग्छ, जीवनले एकपछि अर्को परीक्षा मात्रै लिइरहेको छ। आज सम्झँदा मन भारी हुन्छ—अब यो संसारमा न आमा हुनुहुन्छ, न त मामा नै। उहाँहरूको माया, आशीर्वाद र सम्झना भने सधैं मेरो साथमा रहनेछ। आमा र मामा प्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏🕊️ विदेशको जीवन बाहिरबाट देखिएजस्तो सजिलो हुँदैन रहेछ। यहाँ हरेक मुस्कानको पछाडि थुप्रै संघर्ष लुकेका हुने रहेछन् । आफ्ना पीडा मनमै दबाएर परिवारको भविष्यका लागि दिनरात मेहनत गर्नुपर्दो रहेछ तर घरपरिवार, आफन्त, साथीभाइ र आफ्ना प्रियजनहरूको माया र विश्वासले नै फेरि उठ्ने शक्ति दिन्छ। यो एक वर्षले मलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही हो—जीवन अनिश्चित छ, समय कसैको पर्खाइमा बस्दैन, त्यसैले आफ्ना मानिसहरूको माया र साथ नै संसारकै सबैभन्दा ठूलो सम्पत्ति रहेछ। भगवानसँग एउटै प्रार्थना छ—गुमाएका आफ्ना सबै प्रिय आत्माहरूलाई चिरशान्ति प्रदान गरून्, र बाँकी रहेका आफ्ना सबैलाई सधैं सुख, स्वास्थ्य र सुरक्षित राखून्। ❤️ देशबाट हजारौं किलोमिटर टाढा भए पनि मेरो मन सधैं नेपालमै छ। आफ्नो परिवार, आफन्त, सम्पूर्ण दाजुभाइ-दिदीबहिनी, साथीहरुप्रति सधैं माया, सम्मान र शुभेच्छा थियो,छ र रहि रहनेछ। एक वर्ष बित्यो… संघर्ष अझै जारी छ। आशा भने अझै बाँकी छ। एक दिन आफ्ना सबै सपना पूरा गरेर गर्वका साथ आफ्नै मातृभूमिमा फर्किनेछु। सबैलाई धेरै माया। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्।सबैभन्दा प्यारो मेरो जन्मभूमि—नेपाल।🇳🇵❤️#fypシ #loveforever💞😘 #hardworker🤐 #japanlife🇯🇵 @Neetu🧿💜 @Sureshkhadka48 @Shanti Khadka @subbu☺️❤️ @Jeevan khadka(Jeebu) @Khadka Jii💎🕉️ @boharageetu
Santosh🧿💜
Region: JP
Thursday 06 August 2026 22:52:41 GMT
Music
Download
Comments
narendra Khadka :
🥰🥰🥰❤️miss you.
2026-08-07 02:29:07
0
khædkä .....G💊💉💉🔬🇳🇵🇳🇵 :
miss you dada
2026-08-07 15:59:52
0
Bharat Bohara :
Miss you vinaju💙💙
2026-08-07 03:29:58
0
Santosh Raj Joshi :
MITjyu 🥰🥰🥺
2026-08-07 01:13:56
0
Nisha khadka :
2026-08-07 13:53:10
0
Dilu limbu :
शुभ यात्रा
2026-08-07 00:05:36
0
Neetu🧿💜 :
missyoubaby😥😘💜
2026-08-07 04:16:40
0
सुबाश -खड्का 123 :
babu ( Xora)
2026-08-07 04:06:12
0
manoj rokaya :
❤️❤️❤️❤️
2026-08-08 13:37:03
0
Sureshkhadka48 :
❤️❤️❤️
2026-08-18 05:24:23
0
Dhanalaxmi khatri :
💕💕💕
2026-08-17 09:34:39
0
Parwati Bohara300 :
🥰🥰🥰🥰
2026-08-10 09:04:38
0
Anjana Thapa :
🥰🥰
2026-08-10 03:35:15
0
Dïpû Khædkå :
❤️❤️❤️
2026-08-10 02:54:33
0
yasoda khati :
🥰🥰
2026-08-09 16:31:54
0
Nanda Khadka :
🥰🥰🥰
2026-08-09 05:18:34
0
rocayasatyam :
🥰🥰🥰
2026-08-08 02:14:08
0
Jeevan Khadka(Jeebu) :
❤️❤️❤️
2026-08-07 17:01:22
0
Chetan Xettry🌀🔥📿 :
❤️🥰
2026-08-07 10:52:37
0
Laxmi :
🥰🥰🥰
2026-08-07 09:18:38
0
LoNeLy BoY👻👇⚔️ :
❤️
2026-08-07 07:49:14
0
xettri Laxman 💐💗12 :
🥰🥰🥰
2026-08-07 07:40:40
0
Shanti Khadka :
❤️❤️❤️
2026-08-07 05:25:33
0
Bhuwan Singh Thakuri :
❤️❤️❤️
2026-08-06 23:10:10
0
To see more videos from user @santosh_khadka0, please go to the Tikwm
homepage.