@routineofparbatbanda1800: पर्वतको विद्युत् समस्या संसदमा उठ्यो, सांसद सागर भुसालद्वारा सरकार लाई गम्भीर ध्यानाकर्षण,,।। पर्वत । पर्वत जिल्लामा पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने समस्या समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर भुसालले संसद् भवनमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बिना पूर्वसूचना विद्युत् सेवा पटक–पटक अवरुद्ध हुँदा सर्वसाधारण, व्यवसायी तथा उद्योगीहरू प्रत्यक्ष प्रभावित हुँदै आएका छन्। पछिल्लो समय विद्युत् सेकेन्ड–सेकेन्डमै आउने–जाने समस्या समेत देखिएको भन्दै स्थानीयवासीले विद्युत् प्राधिकरणको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। सांसद भुसालले पर्वतको विद्युत् समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने बताएका छन्। अब प्रश्न उठेको छ—बारम्बार विद्युत् अवरुद्ध भइरहँदा नेपाल विद्युत् प्राधिकरण पर्वत कहिले जिम्मेवार बन्ने?#RoutineOfParbatBanda #newstoday #parbat #everyone #NewsUpdate