@nepalaaja: नेपाल सरकारका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ३ देखि ४ घण्टासम्म तनावपूर्ण संवाद भएको छ। संवादका क्रममा सरकार सञ्चालनमा भइरहेको असहयोग, राजदूत नियुक्ति, तथा पार्टीभित्र लामो समयदेखि थाँती रहेका केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनयन जस्ता जटिल विषयहरूमा गम्भीर असहमति प्रकट भएको छ। प्रधानमन्त्रीले आफ्नै साझेदार दलबाट असहयोग भएको असन्तुष्टि पोखेका छन् भने लामिछाने पक्षले असहयोगको आरोप निराधार रहेको र आफूहरूमा त्यागको भावना रहेको दाबी गरेको छ। बैठकमा सरकारका हालसम्मका राजनीतिक तथा प्रशासनिक नियुक्तिहरूको समीक्षा गर्दै आगामी रणनीतिक समन्वयबारे छलफल भएको छ। #RabiLamichhane #BalenShah #BaluwatarMeeting #RSP #NepalPolitics #PoliticalTension