@nirajthakaliofficial: अन्नपूर्ण गाउँपालिका–पोखरेबगरस्थित १४ मेगावाटको घर खोला जलविद्युत् आयोजनामा पहिरो अन्नपूर्ण गाउँपालिका–पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घर खोला जलविद्युत् आयोजनामा आज बिहान करिब ३:३० बजे पहिरो गएको जानकारी प्रहरीले दिएको छ। प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार आयोजनास्थलमा पहिरो गएको हो। पहिरोबाट भएको क्षति तथा अन्य विवरणबारे थप जानकारी आउन बाँकी रहेको छ।