@max586654: कमन जेनजीले बालेन सरकारविरुद्ध भदौ २३ मा देशव्यापी आन्दोलन गर्ने कमन जेनजी नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारविरुद्ध भदौ २३ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। संगठनका अध्यक्ष विकेश साहले ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित आन्दोलन गरिने बताएका छन्। उनले वर्तमान सरकारले जेनजी आन्दोलनका मूल माग, किसानका समस्या, मूल्यवृद्धि, मल अभाव तथा जनजीविकाका विषय सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्। साहले परिवर्तन चाहने युवा, राजनीतिक दल र नागरिक समाजलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै बालेन सरकारलाई पनि सडक आन्दोलनबाट हटाउने चेतावनी दिएका छन्। #Balensah #commongenz #foryoupage #fpyシ #😳😍🙏