@krishisuchanaofficial: ~~ सरकारले कृषि तथा पशुपन्छी व्यवसायसहित आठ क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई पाँच करोड रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नयाँ कार्यविधि लागू गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ अनुसार सरकारले कर्जाको ब्याजमा तीन प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार कृषि तथा पशुपन्छी व्यवसायका लागि अधिकतम पाँच करोड रुपियाँसम्म कर्जा लिन सकिनेछ। महिला उद्यमशीलता र स्टार्टअप उद्यमका लागि २५ लाख, वैदेशिक रोजगारबाट फर्केका युवा, शिक्षित युवा तथा दलित समुदाय उद्यम विकासका लागि २० लाख, उद्योगमा बोइलर प्रतिस्थापनका लागि ५० लाख र प्राकृतिक विपत्पीडितको निजी आवास निर्माणका लागि पाँच लाख रुपियाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको ब्याजदरलाई ऋणीमैत्री बनाउन बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा १.५ प्रतिशतभन्दा बढी प्रिमियम थप्न पाउने छैनन्। सरकारले कायम ब्याजदरमा तीन प्रतिशत ब्याज अनुदान दिनेछ भने ब्याज, कर्जा सूचना शुल्क र बिमा शुल्कबाहेक अन्य अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। ब्याज अनुदान बढीमा पाँच वर्षसम्म उपलब्ध हुनेछ। कर्जा लिन कम्तीमा १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको र स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ। वैदेशिक रोजगारीबाट फर्केका युवाले विदेशमा कम्तीमा छ महिना काम गरेको हुनुपर्नेछ। एकाघर परिवारका एक जनाले मात्र यस्तो सुविधा लिन पाउने र एउटै व्यक्तिले एकभन्दा बढी प्रकारको सहुलियतपूर्ण कर्जा लिन नपाउने व्यवस्था पनि गरिएको छ। कर्जाका लागि आवश्यक कागजातसहित सम्बन्धित बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ। बैंकले आवेदन प्राप्त भएको १५ कार्यदिनभित्र कर्जा दिने वा नदिने निर्णय गर्नुपर्नेछ। कर्जा अस्वीकृत भएमा तीन दिनभित्र स्पष्ट कारणसहित आवेदकलाई जानकारी दिनुपर्ने व्यवस्था छ। कर्जा प्रवाह गर्दा व्यवसाय परियोजनालाई मुख्य आधार मानिनेछ। साथै १५ लाख रुपियाँसम्मको कर्जामा बिमा तथा कर्जा सुरक्षण शुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ। कर्जाको दुरुपयोग भएको पाइएमा ब्याज अनुदान रोक्का गरी अनुदान रकम ब्याजसहित असुल गर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ। कार्यक्रम २०८७ असार मसान्तसम्म सञ्चालन हुनेछ। #krishisuchana #krishinews #farmerlife #agriculturetips

Krishisuchana कृषि सूचना
Krishisuchana कृषि सूचना
Open In TikTok:
Region: NP
Friday 14 August 2026 03:14:02 GMT
265083
9733
203
671

Music

Download

Comments

makh2151
श्रम,संस्कृति,प्रकृति,प्रबिधि :
सरकारले ऋण मात्र दिने हैन उत्पदन किन्न सके राम्रो तालिम, बीउ बिजन मल दिन सके राम्रो
2026-08-14 04:41:34
59
boharauttam45
boharauttam45 :
2 crore lagaune sakne kishan ko aaukat xaina nepal ma
2026-08-14 05:08:07
5
tamg740
K.S.R Agro farm :
tyota honi head office le disakeko loan branch ma ayera rocka garidinx power an settingma loan dinx sahaj banauna saknu paryo sarkarle
2026-08-16 04:19:02
1
rohanmagar924
Rohan :
बॉदर नियत्रण गर्न त सकेको छैन
2026-08-17 06:10:21
0
tamangurmila295
Tamang Urmila295 :
सरकारको यो कदम सरनिय छ तर सक्कली नकली किसान चिनु आवश्यक छ
2026-08-14 05:33:50
25
laxmi.shrestha2214
Laxmi Shrestha :
very good balen sarkar
2026-08-14 12:54:12
0
muna14536
Muna1 :
दिदैनन् किसानलाई
2026-08-17 23:34:04
1
subhash.mainali1
Subhash Mainali :
gau gaura gha ghar gai ren dhinu par cha dherai pidheta huncha kishan dha bhaiharu
2026-08-14 05:33:11
1
sagarrai9575
सागर राई :
यसको लागि जग्गा धितो अनिवार्य छरे है मैले बुझेको बैंकमा गएर
2026-08-14 05:30:31
1
sonishmagar8
Sonish Moh-goal :
vanda sajilo ho nindra harauni jhanjat khepnunparbi hola
2026-08-18 15:14:15
0
bikash_ananda
bikash bhattarai :
यो पहिला नै थियो। पहिला आज ५ प्रतिशतसम्म अनुदान ब्याज रकम दिने थियो। अहिले घटाएर ३ प्रतिशतमा झारेको छ ।
2026-08-15 03:43:49
1
sumankhadka017
Suman Khadka :
यो नेपालको कानुन कागजमा मात्र हुन्छ। व्यवहारमा हुँदैन। यो सानोतिनो किसानको लागि होइन नेताको पहुँचमा भएको र फार्म खोलेर पैसा असुल्नेलाई मात्र दिइन्छ। यो सरकारले सानातिनो किसानलाई दिँदैन।
2026-08-14 07:03:06
2
asisrainstha
Ashish shrestha :
paila bazar bebastha pan garna paryo natra yesto loan le 1% byaj vaya pani kei napinna
2026-08-14 04:47:39
2
bibekrajdotel8
Bibekraj Dotel :
सामाजिक सन्जालमा कृषक र कृषि भनेर stunt त हो ।घर घरमा गएर कृषकलाई कार्यक्रम लागू भएपछि बल्ल राम्रो।जस्को नेताहरुको कार्यकर्ता पाल्ने त हो।
2026-08-14 15:35:37
6
ashokkc437
Ashok Kc :
yes yes first need to develop krishi 👌👌🙏🙏🙏🙏🙏
2026-08-22 06:12:09
0
shyam.khulal
Shyam Khulal :
किसानलाई करोड को भरम नदे प्रत्येक किसान लाई केही गर्न सक्ने लाख दे त्यो नै ठूलो कुरो हो।किसान लाई आश्वासन होइन बाँच्न दे
2026-08-14 05:34:27
3
bhaibhairabrai
Bhairab Rai :
जनताले पाँछन र??माथी माथी किसानको नाममा ठगहरुका लागिहुन्छ
2026-08-14 06:28:06
1
mamtahy1
mamta chaudhary :
sarkhar kahile dekhi ho
2026-08-14 03:48:31
0
laxanlalchy2022
user5968291952798 :
धितो बिनाको हो कि धितो राख्नुपर्छ ?
2026-08-18 15:11:07
0
saraswati.karki074
Saraswati Karki :
हानि जस्तो किसान ले पाइदैन केरे
2026-08-30 13:55:55
0
samkhatri08
श्यaam खtri ❤️‍🩹 :
कुन चै बैंक ले दिन्छ मेरो जग्गा छ सयै रोपनि कृषि फाम को लागि लोन चायो भने को तपाई पहिला लगानि गर्नु भन्छ पहिला लगानि गर्ने पैसा भये ऋण कस्ले खान्छ 😏
2026-08-21 06:20:07
0
jaya.bahadur.chal
Jaya Bahadur Chalaune :
yo purano yojana ho
2026-08-18 15:13:26
0
apuneymailadae
Apune Maila :
ऋण मागेको १० बर्ष भयो पाको छैन के देख्न पर्यो यो।
2026-08-19 08:26:00
0
sushilapradhan__
Sushila_Pradhan :
यो सुबिधा सर्बसाधरनको लागी लागु होस् जबकि लिखितमा .मात्र नहोस्
2026-08-24 10:47:12
0
9741073701k
Kailash karki :
जग्गा जमिन हुन्छ किसान पनि हुन्छ तर जग्गा सडकले छोएको चहिने,ब्यबसाय कर चुक्ता चहिन्छ अब भन्नुस नयाले पाउछ पाए रास्वपाका आसेपासे ले पाउने हो।यो पहिला पनि भएको यही हो अब पनि हुने यही हो।
2026-08-14 04:09:08
0
To see more videos from user @krishisuchanaofficial, please go to the Tikwm homepage.

Other Videos


About