@anitaphuyal305: ३ वर्षकी निर्दोष नानी गरिमा चौधरीमाथि भएको भनिएको यस्तो जघन्य अपराधले जो–कोहीको मन चिरिन्छ। दोषी प्रमाणित हुने हत्यारा र बलात्कारीलाई कानुनले दिने सबैभन्दा कडा सजाय, मृत्युदण्ड (फाँसी) सहितको कानुनी व्यवस्था हुनुपर्छ। यस्ता अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन। सरकार र प्रहरीसँग मेरो जोडदार माग छ—घटनाको निष्पक्ष र छिटो अनुसन्धान गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याइयोस् र कडा भन्दा कडा सजाय दिइयोस्। यस्ता दानवहरूलाई सजाय नहुँदा अपराधीको मनोबल बढ्छ। नानी गरिमा चौधरीको आत्माले शान्ति पाओस्। दोषीलाई कडा भन्दा कडा सजाय होस्। न्याय मिलोस्। #JusticeForGarima #JusticeForGirls