@wildrosaan412: गुरही पर्व थारू समुदायको एक महत्त्वपूर्ण मौलिक सांस्कृतिक पर्व हो, जुन हरेक वर्ष नागपञ्चमीका दिन विशेष गरी मनाउने गर्छन्। थारू भाषामा ‘गुरही’ भन्नाले गाइने किरा (Dragonfly) लाई जनाउँछ, जसलाई वातावरण र कृषिका लागि उपयोगी मानिन्छ। यस अवसरमा बालबालिका र युवतीहरूले पुराना रंगीन कपडाबाट गुरहीका पुतला बनाउँछन् र गाउँको चौबाटोमा लगेर फाल्छन्। त्यसपछि केटाहरूले ती पुतलालाई प्रतीकात्मक रूपमा लट्ठी वा सोंताले पिट्ने चलन छ, जसलाई ‘गुरही अस्रैना’ भनिन्छ। यो कार्यले रोगव्याधि, दुःख, सङ्कट तथा नकारात्मक शक्तिलाई गाउँबाट हटाउने विश्वास गरिन्छ। साथै, यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको माया, सद्भाव र संरक्षणको भावनालाई पनि बलियो बनाउँछ। #gurahi #tharuculturenepal #Dhangadhi