@su_sh_an_tt: आज घटेको ती नाबालिकामाथिको घटनाले म लगायत सम्पूर्ण आम नागरिकको आँखा रसाएको छ। यो आँसु नसुक्दै, ती दोषीहरूलाई आकाश–पाताल, घाम–पानी, दिन–रात नभनी खोजी गरी कानुनको दायरामा ल्याउन र उनीहरूलाई हदैसम्मको कडा कारबाही गर्न प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्दछु। साथै, पीडित पक्षलाई न्यायको अनुभूति हुने गरी निष्पक्ष छानबिन र प्रभावकारी कानुनी कारबाही गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु। पीडितलाई न्याय र दोषीलाई कडा सजाय—यही नै सम्पूर्ण नागरिकको माग हो।#foryou #foryoupage #viral #sadnews #justiceforgarima