@saayan.malla: रोड टु युएफसी: तथ्याङ्कभन्दा मिहिनेतमा विश्वास राख्दै नेपाली फाइटर रबिन्द्र ढाट रोड टु युएफसी (Road to UFC) को सेमिफाइनलमा नेपाली फाइटर रबिन्द्र ढाट आगामी अगस्ट २८ मा न्युजिल्यान्डका कडा प्रतिस्पर्धी KASIB MURDOCH सँग आमने-सामने हुँदै छन्। यस बहुप्रतिक्षित भिडन्तलाई लिएर एमएमए (MMA) सम्बन्धी चर्चित वेबसाइट ट्यापोलोजी (Tapology) ले प्रकाशित गरेको तथ्याङ्कीय विश्लेषणमा कासिबको जित्ने सम्भावना ७९ प्रतिशत र रबिन्द्रको केवल २१ प्रतिशत अनुमान गरिएको छ। कागजमा न्युजिल्यान्डका फाइटर बलियो देखिए पनि रबिन्द्रका लागि यो केवल अङ्कको खेल मात्र हो। रिङभित्र पूर्वअनुमानभन्दा रणनीति, आत्मबल र प्रहारले जित तय गर्ने भएकाले नेपाली समर्थक रबिन्द्रले उत्कृष्ट प्रदर्सन गर्नेमा पूर्ण विश्वस्त छन। देश र आफ्ना समर्थकहरूको उच्च मनोबल बोकेर अघि बढेका रबिन्द्र यो चुनौतीलाई जितमा बदलेर इतिहास रच्न तयार छन्। रबिन्द्रलाइ जीतको शुभकामना ! तपाईको अनुमानमा कस्ले जित्ला यो खेल ? #RoadToUFC #RabindraDhant #MMA #NepalMMA #KasibMourd