@mr.pramb7: 😢 दुःखद खबर।।। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार सानीभेरी गाउँपालिका–८, एकान्तमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेमा गुल्मी, रुरु क्षेत्र गाउँपालिका–४, बलेटक्सार घर भई हाल लक्ष्मी सनराइज बैंक, मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीकी २६ वर्षीया श्रीमती स्वस्तिका पौडेल र उहाँकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। यस दुःखद घटनाले स्तब्ध बनाएको छ। मृतक आमाछोरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। 😢🙏