@bipinacharyafordang2: माननीय सभामुख महोदय, यही भाद्र ५ गते शंखमुलमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ का वसन्त कलाथोकीको होस्टेलमा मृत्यु भयो। अनि छोराको मृत्यु भएको दुखद घटनाको खबरले सुनेर दाङमा बस्ने ३८ वर्षीय आमाले मृत्युबरण गरिन । यी दुखद घटनाहरुले विक्षिप्त बुवा मलेसियामा वैदेशिक रोजगारका लागि छन। नेपाल फर्किन खोज्ने प्रक्रियाको ब्युरोक्रेटिक अप्ठ्याराले भरमग्दुर कोसिस गर्दा पनि आउन नसकिराखेको स्थिति छ। हुन त म सम्बन्धितका आफन्तहरु सगं निरन्तर सम्पर्कमा छु। मोफा (MOFA) सँग पनि छलफल गरिरहेको छु। मन्त्रालयले समन्वय पनि गरिराखेको छ। तर पनि यस्तो आकस्मिक स्थितिमा बुवालाई त्यो पनि छोरा बितेको स्थिति, श्रीमती बितेको स्थितिमा नेपाल आइपुग्नका लागि यति धेरै समय लाग्ने स्थिति आफैमा अप्ठ्यारो स्थिति हो। म सम्माननीय सभामुख महोदय मार्फत सरकारको दुइटा कुरामा ध्यानाकर्षण गराउन चाहन्छु। यो देश छोडेर विदेश जाने स्थिति रोक्नका लागि हामीलाई निकै समय लाग्छ, त्यो कुराको तितो यथार्थ म स्विकार्दछु। तर आफ्नो घरपरिवार छोडेर विदेश जाँदै गर्दा घरमा हुने आकस्मिक कुराहरुमा देश फर्कन खोज्दा हाइ प्रायोरिटीमा उहाँहरुलाई देशमा ल्याउन सक्ने मेकानिजम के हो, त्यो मेकानिजम हामीले बनाइदिनुपर्छ। किनकि त्यो मेकानिजम बनाउन सकिएन भने त्यसले धेरै कुराहरुमा अप्ठ्यारो पार्छ। यसमा सबैजनाको ध्यान जाओस् भनेर पनि भन्न चाहन्छु। अनि दोस्रो कुरा यो घटना होस्टेलमा हुँदै गर्दाखेरि काठमाडौंमा रहने होस्टेलहरुको चाहिँ म्यानेजमेन्ट कसरी भइराको छ भन्ने अर्को एकदमै तितो यथार्थ बाट पाठ सिकेर यसको व्यवस्थापनमा गम्भीर हुनुपर्छ। किनकि एउटा एउटा होस्टेलमा सपना बोकेर आउने देशभरका विद्यार्थीहरुको सेफ्टी र अन्य इस्युजलाई हामीले कसरी मनिटरिङ गरिराछौं, के गरिराछौं भन्ने कुरामा पनि एउटा एकदमै रिजिड तरिकाले हामीले काम पनि गर्नुपर्छ होला। होस्टेल कहिँ न कहिँ एउटा यस्तो खालको एजमा बस्ने व्यक्तिहरुको ठाउँ हो जसमा मचुरिटीका कुराहरु कम हुन्छन। यसकारण ति कुराहरुलाई एकदमै प्रायोरिटीमा राखेर त्यसलाई म्यानेज गर्नका लागि पनि म आग्रह गर्दछु र त्यसमा सम्बन्धित निकायको ध्यान पनि जाओस् भन्ने पनि आग्रह गर्दछु। म गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिन। धेरैले बोल्नु भएको छ। तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइराछौँ जहाँ मृतकको बुवाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहिँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो आरोपितले बोलेको कुराहरुलाई सामाजिक सञ्जालमा राखिन्छ। यस्तो समाज सहि होइन।यो बन्द हुनुपर्छ।