@nepalnewspost.com: उमेर केवल एउटा संख्या हो भन्ने कुरा जापानका यी वृद्ध दम्पतीले प्रमाणित गरिरहेका छन् । जापानको ओसाका प्रिफेक्चरस्थित हिगाशिओसाकामा रहेको ‘योफू सोजाइ आबा’ श्रीमान् हिरामी काचुतोशी (平見勝利) र श्रीमती हिरामी शिगेको (平見重子) ले सञ्चालन गर्दै आउनुभएको छ। सन् १९३८ जनवरी १ मा जन्मिनुभएका काचुतोशीले श्रीमतीको साथमा करिब पाँच दशकदेखि हातैले स्वादिष्ट कोरोक्के बनाएर ग्राहकलाई सेवा दिँदै आउनुभएको छ। वृद्धावस्थामा पनि निरन्तर कर्ममा सक्रिय यो दम्पती धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। (कोरोक्के (コロッケ) जापानमा लोकप्रिय तारेको परिकार हो। उसिनेको आलुमा गाईको किमा, प्याजलगायत सामग्री मिसाएर गोलो वा चेप्टो आकार बनाइन्छ। त्यसलाई मैदा, अण्डा र ब्रेडक्रम्बले बेरेर तेलमा कुरकुरे हुने गरी तारिन्छ।यो फ्रान्सेली परिकार क्रोकेट (Croquette) को जापानी रूप हो। जापानमा यसलाई खाजाका रूपमा वा भातसँग तरकारीसरह खाने गरिन्छ।)#foryoupages #audiogautam #nepalnewspost #rajangautam

Rajan Gautam
Rajan Gautam
Open In TikTok:
Region: JP
Monday 24 August 2026 13:18:36 GMT
2291
111
3
24

Music

Download

Comments

munakandel2066
Muna Kandel :
🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-08-24 14:38:48
0
hpt403
Sharma Hom :
🥰🥰🥰
2026-08-24 13:25:43
0
anojkhati3
Anoj Khati♥️🇳🇵 :
🥰🥰
2026-08-24 15:23:55
0
To see more videos from user @nepalnewspost.com, please go to the Tikwm homepage.

Other Videos


About