sparsha sharma :
जानकारी तथा धन्यवाद
सुशिला भुसाल नाम गर्नुभएकी नेपाली , जसको उद्धारका लागि अनुरोध गरिएको थियो, उहाँसँग NRNA Türkiye फिल्डबाट सम्पर्क भई अहिले उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ।
उहाँ सकुशल हुनुहुन्छ र उहाँको अवस्था ठीक छ। उहाँको नेपाल जाने टिकट पनि भइसकेको छ र पर्सि उहाँ नेपाल प्रस्थान गर्नुहुनेछ।
उहाँको अवस्थाबारे चासो, चिन्ता र सहयोगका लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद। 🙏
2026-08-25 15:15:52