@pradeshi_life: जिन्दगीको मेसो पाउन समय लाग्छ दु:खहरूमा मुस्कुराउन समय लाग्छ। टुकी त एकै सासमा निभाउन सक्छु जलेको पुतली बचाउन समय लाग्छ। बाँच्नलाई बाँचिन्छ जसले छोडे पनि, यत्ति हो चित्त बुझाउन समय लाग्छ। यो जिन्दगी कहाँ उठ्छ र यति सजिलै, यहाँ शवलाई त उठाउन समय लाग्छ। #goodmorning #everyone