@waksora.gau: आज बिहान करिब ९:१५ बजे तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गरेपछि टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति भएको छ। बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ अघि बढिरहेको छ। रसुवा, नुवाकोट र धादिङमा घर, पुल, सडक तथा विभिन्न संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। ⚠️ अब गोरखा र चितवनतर्फका त्रिशूली तथा नारायणी नदी आसपासका तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आवश्यक छ। चितवनमा बाढी ठ्याक्कै कति बजे पुग्छ भन्ने यकिन समय छैन, त्यसैले समय कुर्नुभन्दा पहिले नै सावधानी अपनाउनुहोस्। 🚫 नदी किनारमा नजानुहोस्। 🏠 जोखिममा हुनुहुन्छ भने सुरक्षित तथा अग्लो स्थानमा जानुहोस्। 📢 आधिकारिक सूचनालाई मात्र आधार बनाउनुहोस्। 🙏 सतर्क रहौँ, सुरक्षित रहौँ। यो सूचना सबैसम्म पुर्याउन शेयर गरौँ। #flooding #highalart #bhotekhoshi