@smart__lover_shahji_108: रसुवामा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिले अत्यन्त दुःखी र मर्माहत बनाएको छ। विपत्तिको यस कठिन घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइते तथा प्रभावित सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनर्स्थापनाको कामना गर्दछु। यस दुःखद् घडीमा पीडित परिवार र समुदायको साथमा सम्पूर्ण नेपाली समाज एकजुट भएर उभिन सकोस्। प्राकृतिक विपत्तिमा परेका सबैमा धैर्य, साहस र सुरक्षित भविष्यको कामना। 🙏 #हे भगवान 😢😪🤔