@meenagyawalirana1: बाढी प्रभावित क्षेत्रका लागि सहयोगको आह्वान देशले विषम परिस्थिति व्यहोरेको अवस्थामा हामीले केही सानो सहयोग बाढी प्रभावित क्षेत्रका मान्छेहरूलाई गरौँ भनेर यो आह्वान गर्दैछौँ। आज बिहानदेखि चितवन, धादिङ, नुवाकोट, रसुवा जस्ता जिल्लाहरूमा धेरै ठूलो प्राकृतिक प्रकोपका रूपमा बाढी आएर हजारौँ मान्छेहरू बेपत्ता भएको अवस्था छ। हाम्रा प्रहरी साथीहरू नै पनि बेपत्ता हुनुभएको छ, धेरै मान्छेहरू सम्पर्कविहीन भएका छन्, धेरै मान्छेहरूको घरबार बगाएर लगेको अवस्था छ। सो अवस्थालाई मध्यनजर गर्दै हामीले पनि केही सहयोगको कार्यक्रम राख्न सक्छौँ कि भनेर भोलि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म केही सामानहरू कलेक्सन गर्ने भएका छौँ। सामानहरूमा रेडिमेड खाद्यान्नहरू जस्तै चिउरा, चाउचाउ, बिस्कुट जस्ता खानेकुराहरू पठाइदिनु होला। अनि सामानहरूमा पेरासिटामोल, फर्स्ट एड बक्स, जीवनजल जस्ता सामग्रीहरू पठाइदिनु होला। त्यसैगरी कालो म्याट, झुल तथा यस्तो प्राकृतिक प्रकोपको अवस्थामा ओढ्ने–ओछ्याउने सामग्रीहरूको धेरै खाँचो हुने भएकाले बेडसिटहरू पनि पठाइदिनु होला। हजुरहरूको घरमा भएका प्रयोगयोग्य सामानहरू सरसफाइ गरेर प्लास्टिकको झोलामा प्याक गरी पठाइदिनु होला। विशेषतः केटीहरू, महिला तथा बालबालिकाहरू यस्तो प्रकोपबाट धेरै प्रभावित हुने भएकाले महिलाका लुगाहरू र बालबालिकाका लुगाहरू पनि पठाइदिनु होला। अनि बालबालिकाहरूका लागि वाइप्स, डायपर, खानेकुराहरू, प्याकेज दूध तथा यस्ता आवश्यक सामग्रीहरू पनि पठाइदिनु होला। हामी सबै सामान कलेक्सन गर्नेछौँ। विदेशमा रहनुभएका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्ने इच्छा हुँदा हुँदै पनि सहयोग गर्न नसक्ने अवस्था हुन सक्छ। त्यस्तो अवस्थामा हजुरहरूले आफ्ना आफन्तलाई पैसा पठाइदिनुहोस् र उहाँहरूले आवश्यक सामान किनेर हामीलाई उपलब्ध गराइदिनुहोस्। हामी अहिले पैसाको फन्ड लिँदैनौँ। हामी सामान कलेक्सन गरेर हाम्रो तर्फबाट पनि धेरै कामहरू गर्नेछौँ। हजुरहरूले पनि सामानहरू लिएर आइदिनुभयो भने हामी सबै सामान कलेक्सन गरेर प्रभावित क्षेत्रमा गएर वितरण गर्नेछौँ।@ANU LAMA547 @Esha Agrawal @anjana kc😘🧿 @Anjana Aryal @jun🌙 @October 🧿🧿🧿🧿 @Sangita Giri
Meena rana
Region: NP
Wednesday 26 August 2026 09:54:32 GMT
Music
Download
Comments
Seema _Acharya_Kafle 🇳🇵 :
तपाईंहरूले यतातिर सोच्नु चाहिँ सराहनीय काम नै हो, तर रेडक्रस, सेना, सरकारी हेलिकप्टर र सयौँ संस्थाहरू उद्धार तथा राहतमा खटिसकेका छन्, त्यसको चिन्ता तपाईंहरूले लिनै पर्दैन।
अहिलेको यो विषम परिस्थितिमा कसैको ध्यान नपुगेको मुख्य विषय भनेकै इमर्जेन्सी सेल्टरहरूमा छोरीचेलीमाथि हुन सक्ने सम्भावित यौन हिंसा र बलात्कारको जोखिम हो। यस्तो बेला ठोस रणनीति बनाएर सेल्टरभित्रको सुरक्षामा खट्नुको साटो, मूल अभियानलाई नै थाती राखेर विषयान्तर हुनु अलि अपरिपक्व निर्णय भएन र?
राहत बाँड्न अरू हजारौँ हातहरू छन्। परिस्थिति अनुसार आन्दोलनको स्वरूप बदलेर सेल्टरहरूमा छोरीचेलीलाई सम्भावित हिंसाबाट जोगाउन रणनीतिसहित खट्नुपर्ने होइन र? फेरि अर्को कुनै चेलीले गरिमा हुनु नपरोस् भनेर त्यसको सजग खबरदारीमा लाग्न तपाईंहरूको यो अभियान त्यतातिर परिमार्जित हुनुपर्ने होइन र?
2026-08-26 11:16:55
15
Saraswati chand :
Hami bidesh bata in ani help garna chahanchau please let us know how and where we can do please hami lai pani mauka dinu hola 🙏😢
2026-08-26 12:14:22
0
lilakarki :
good job didi
2026-08-26 11:49:18
0
krishna :
good news
2026-08-26 12:06:39
0
Thrift Clothes :
Mena mam you are great mam
2026-08-26 10:29:30
3
Sita Gaire Sharma :
Great initiation mam Good job
2026-08-26 11:05:31
3
Shilpa chhetri🇦🇪🇦🇪🇦🇪😇😇 :
Ma ni help garchu how can I send money please from Dubai
2026-08-26 10:48:39
1
Rima subedi :
good job maam
2026-08-26 10:15:44
0
Neeru kc :
Asto dekhda dherai khushi lagyo honi hami j kura ma pani khali sarkar lai matra birod r dabab dinchau tara hamro pani kartabhya honi hamro desh lai bachauna proud of u all🙏🙏🙏
2026-08-26 11:01:48
2
shobhachapagain99 :
सम्मान छ मिना म्याम हजुरलाई आफ्नो सानो बच्चा आफू यति बिजी भएर पनि हरेक क्षेत्रमा यसरी सपोर्ट गरेको देख्दा खुसी लाग्छ 🙏🙏🙏
2026-08-26 10:03:50
2
sabu_sapkota :
hus
2026-08-26 12:05:44
0
Sushila Thapa :
great work
2026-08-26 11:41:22
0
Raj.shrestha :
Hey bagawan manche lai kehi nahos bagawan 🙏 🙏🙏🙏🙏
2026-08-26 12:12:39
0
Nirmala❤️ :
एकदम राम्रो काम
2026-08-26 12:00:57
0
indirabasnet135 :
कस्को सहमतिमा यो निर्णय गरेको हो सो पनि खुलाउनुस अनि सबैलाई सहयोग गर्न सजिलो हुनेछ।🙏🙏
2026-08-26 11:42:04
0
Shobha Dhakal poudel 2jun🥰🤭 :
Great ma’am 🙏🙏🙏👏👏respect ❤️❤️❤️
2026-08-26 10:02:48
0
radhatiwari923 :
सम्मान छ सहगाेगि हातहरुलाई
2026-08-26 11:01:46
0
Menuka Kharel :
2026-08-26 10:37:16
0
Sophiya Kubir Rasaily🦀❤️🦂 :
ho teej ko shopping garne paisa bata thorai paisa katayerw vayeni sambandhit thau ma sahayog garam please 🙏🙏🙏
2026-08-26 11:22:17
1
भिमा😇 :
Jhapa damak ma ni vayedekhi hune 🙏🙏
2026-08-26 11:14:36
0
Glory_collection :
great work 👍️🙏
2026-08-26 11:18:35
0
Maya Shrestha :
सम्मान छ 🙏
2026-08-26 10:10:14
0
To see more videos from user @meenagyawalirana1, please go to the Tikwm
homepage.