@travellersnepal3: केही समयअघि हामी यही बाटो हुँदै लाङटाङ यात्रामा निस्किएका थियौँ। ❤️ स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली… त्यतिबेला हामीले यहाँका पहाड, नदी, सडक र बजारका सुन्दर दृश्यहरू क्यामेरामा कैद गरेका थियौँ। तर आज बिहान यही भूगोलले ठूलो विपत्ति सामना गरेको खबरले हामीलाई निकै दुःखी बनाएको छ। हामीले केही समयअघि आफ्नै आँखाले देखेको ठाउँ आज बाढीको चपेटामा परेको छ। 🙏 अहिले सबैभन्दा महत्वपूर्ण कुरा उद्धार, सुरक्षा र प्रभावित परिवारको सहयोग हो। प्रभावित सबैको शीघ्र उद्धार होस्। सबै सुरक्षित रहनुहोस्। 🙏❤️ — Travellers Nepal #TravellersNepal #Rasuwa #Syabrubesi #staysafe #Langtang