@deepak_bohora: प्रवासी मित्र, दाजुभाइ तथा दिदीबहिनीमा अनुरोध ! रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले धेरैको ज्यान लिएको, थुप्रै मानिस बेपत्ता र घाइते भएको तपाईँले थाहा पाउनु भएकै होला । विपद्मा परी सयौं परिवार घरबारविहीन भएका छन् । यो दुःखको घडीमा उद्धार र राहतको काम तीव्र गतिमा चलिरहेको छ । सरकारले उद्धार र उपचारलगायतमा कुनै कसर बाँकी नराखी काम गरिरहेको छ । विदेशमा बसेर पनि आफ्नो देश र आफन्तको पीडा महसुस गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीले यस घडीमा सरकारलाई विपद्सँग लड्न सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु । जति सकिन्छ त्यति नै, आफ्नो सामर्थ्यअनुसार Donate गरिदिनुहोस् । सहयोग गर्ने भरपर्दो र सही तरिका "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" मा रकम जम्मा गर्नु हो । यसरी जम्मा भएको पैसा पीडित परिवार, घाइते र प्रभावितको उद्धार, उपचार र पुनर्स्थापनालगायतमा खर्च हुनेछ । अनुरोध: कृपया आफूखुसी राहतका नाममा चन्दा/रकम सङ्कलन नगर्नुहोला र अरूलाई पनि गर्नबाट रोक्नु होला । यसरी सङ्कलन भएको सहयोग दुरुपयोग हुने सम्भावना हुन्छ । सबैको सरकारी कोषमार्फत नै सकेजति सहयोग गरौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पैसा जम्मा गर्न चाहिने खाता नम्बरहरुको जानकारी फोटोमा दिइएको छ । यो जानकारी अरुलाई पनि शेयर गरिदिनुहोला । धन्यवाद । दिपक बोहरा कञ्चनपुर-२

Deepak Bohara
Deepak Bohara
Open In TikTok:
Region: NP
Wednesday 26 August 2026 17:29:16 GMT
610
86
2
2

Music

Download

Comments

sabitrabishal1
Bishal ❤️Sabitra :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-26 17:36:21
0
nanulekhak
Deepa lekhak bhatt :
2026-08-26 17:35:43
0
To see more videos from user @deepak_bohora, please go to the Tikwm homepage.

Other Videos


About