@pudasaineeanita: कालो दिन😢 भदौ १० मेरो जन्मभूमि नुवाकोट 😢💔 जुन ठाउँमा पाइला टेक्दै हुर्किएँ, जुन ठाउँलाई आफ्नो संसार सम्झिएँ, आज आफ्नै जन्मभूमि यस्तो अवस्थामा देख्दा मन थाम्न गाह्रो भएको छ।हिजोसम्म सुन्दर लाग्ने हाम्रो ती बस्तीहरू आज बगर बनेका छन्, घर, आँगन, खेतबारी र बाल्यकालका सुन्दर सम्झनाहरू थिए, आफ्नै घर–आँगन प्रकृतिको भेलमा बगेको देख्नु जति पीडादायी अरू के होला र... 💔 आज त्यही ठाउँमा भेलको कहर देख्दा आँखाबाट आँसु रोकिएनन्। 😢 टाढा रहेर आफ्नो घर यो अवस्था हेर्नुपर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन। हे भगवान्, सबैको रक्षा गरिदिनुहोस्।