Amyra Timalsina(Kopila❤️Sujan) :
हिजोको यो कहालीलाग्दो विपत्तिले धेरै घरका खुसीहरू एकैछिनमा खोसेर लग्यो। 😢
जसले आफ्ना प्रियजन गुमाउनुभयो, उहाँहरूको पीडा शब्दले व्यक्त गर्न सकिँदैन। कसैको छोरा, कसैको छोरी, कसैको आमा-बुबा, कसैको जीवनसाथी अनि कसैको सहारा आज हामीमाझ हुनुहुन्न। 💔
ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕊️शोकमा डुबेका परिवारजनप्रति हृदयदेखि नै गहिरो समवेदना। यो अकल्पनीय पीडा सहने शक्ति भगवानले प्रदान गरून्।
बेपत्ता हुनुभएका सबैजनाको सकुशल उद्धार होस् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस्।
आज आँसु धेरैका आँखामा छ, तर प्रार्थना एउटै छ—अब कुनै आमाको काख नउजाडियोस्, कुनै परिवारको सहारा नखोसियोस्। 🙏💔
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देश सतिले सरापेको हो भन्छन तेहि भोग्नु परेको होकि कतै किन यस्तो नेपालमा 😳🥺🥺🥺
2026-08-27 06:26:01