@its.me.ashok86: नुवाकोट र रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। बाढी र पहिरोका कारण घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै, सम्पर्कविहीन तथा बेपत्ता हुनुभएका सबैको सकुशल उद्धार होस् र उहाँहरू छिट्टै आफ्ना परिवार तथा आफन्तजनको सम्पर्कमा फर्किन सकून् भन्ने हार्दिक प्रार्थना गर्दछौँ। प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन समयमा उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, स्थानीयवासी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। दुःखको यस घडीमा नुवाकोट र रसुवाका पीडित परिवारसँग हामी सबैको साथ, सहयोग र प्रार्थना छ। 🙏 🙏 #नुवाकोट #रसुवा #बाढी #बाढीपहिरो #nocopyright