@updhayabahun1: हाम्रो देशमा मानवता नै हराउँदै गएको हो कि जस्तो लाग्छ… कठै, हाम्रो देशको हालत! 😭💔 हिजो बाढी–पहिरोले कति मानिसलाई बगायो, कति परिवार उजाडिए, कति धनजनको क्षति भयो। तर दुःखको कुरा, बाढीमा बगेका मानिसलाई उद्धार गर्नुभन्दा बगेका ग्यासका सिलिन्डर र सामान उठाउन मानिसहरू दौडिएको देख्दा मन नै दुख्यो। 😔 मानिसको ज्यानभन्दा सामान ठूलो कसरी हुन सक्छ? उद्धार गर्नुपर्ने ठाउँमा मानव जीवनलाई बेवास्ता गरेर धन–सम्पत्तिलाई प्राथमिकता दिनु कस्तो विडम्बना हो! कृपया, विपद्को समयमा सबैभन्दा पहिले मानिसको ज्यान बचाऔँ। धन–सम्पत्ति फेरि कमाउन सकिन्छ, तर गुमेको जीवन कहिल्यै फर्केर आउँदैन। 🙏 कठै हाम्रो देश… मानवता र संवेदनशीलता कहिले जाग्ने हो? 😭💔#kohalpur_muser #routine #nepalitiktok