@eflixnews: आन्दोलनको बहानामा भाटभटेनी लुट्नेदेखि, बाढीको कहरमा शवबाट सुन लुट्नेसम्म… आखिर हाम्रो समाज कतातिर जाँदैछ? 😥 बेपत्ता भएका व्यक्तिका शव भेटिएपछि सहयोग र उद्धार हुन्छ, परिवारलाई आफ्नो मान्छेको अन्तिम संस्कार गर्न सहज हुन्छ भन्ने आशा गरिरहेका बेला, केही अमानवीय व्यक्तिहरूले महिला मृतकका कान र नाकमा लगाइएका सुनका गहनासमेत निकालेर शवलाई त्यत्तिकै छोडेको भन्ने खबरले मन नै चसक्क बनाउँछ। मानवता हराउँदै गएको हो कि हामीभित्रको संवेदना नै मरिसकेको हो? पीडित परिवारले आफन्त गुमाएको पीडा सहिरहेका छन्। त्यसमाथि यस्तो घिनलाग्दो व्यवहार थप्नु मानवताको अपमान हो। दुःखमा साथ दिन नसके पनि कम्तीमा पीडितको पीडामाथि व्यापार नगरौँ। शवलाई सम्मान गरौँ, मानवतालाई जोगाऔँ। 🙏 कस्ता पापीहरू रहेछन् यो संसारमा…! 😥#rasuwa #badi #sadnews #timurerasuwa #dhadhing