@sudeep_kndl: रसुवाको बाढीले बगाएर ल्याएका शवहरूको व्यवस्थापन तथा उद्धारको अत्यन्तै कठिन र संवेदनशील कार्यमा गैँडाकोट, चितवनमा अहोरात्र खटिनुहुने हाम्रा वीर सुरक्षाकर्मीहरू (नेपाली सेना, नेपाल प्रहरी) र सहयोगी स्थानीय बासिन्दाहरूप्रतिको सम्मानमा शब्दहरू अपुग छन्। हामी 'RDX' ग्रुपको तर्फबाट उहाँहरूको सेवामा थोरै भए पनि पानी र मोही वितरण गरेर सानो हातेलो गर्यौँ। यो कसैलाई देखाउन वा जस लिन होइन, यो कठिन घडीमा हामी सबैको साझा मानवीय कर्तव्य हो। विपद्को यो बेलामा अरूको मुख नताकी आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। तपाईं-हामीले गर्ने सानो साथले पनि देशको सेवामा खटिनेहरूको मनोबल उच्च बनाउन सक्छ। मानव धर्म नै सबैभन्दा ठूलो धर्म हो! 🙏❤️@Sachin karki2002 @slexor_