@yuvrajkandel0: विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार#rasuwaflood #nepalarmy ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो। तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ। अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ। ​टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ। ​यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ। सी क्यू आर टी धुन्चे ब्यारेक (रसुवा) बाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु वेशीका विभिन्न स्थानहरूबाट थप ५३३ जना नागरिकलाई ज्यानको बाजी लगाएर सुरक्षित स्थानमा सारेको छ। ​आफ्नो प्रवाह नगरी उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले आज (२०८३ भाद्र ११ गते) रसुवाका यी विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको छ।

yuvraj kandel
yuvraj kandel
Open In TikTok:
Region: NP
Thursday 27 August 2026 17:36:44 GMT
357
42
1
1

Music

Download

Comments

jivanbmagar3
Janak banshi magar🇳🇵 :
Please irata frest🙏🙏🙏
2026-08-27 17:55:30
0
To see more videos from user @yuvrajkandel0, please go to the Tikwm homepage.

Other Videos


About