@nabinrawal2: एउटा विपद्को पीडा सेलाउन नपाउँदै फेरि अर्को विपद् आउँछ। एउटा उजाडिएको जिन्दगी फेरि सम्हालिन नपाउँदै अर्को जिन्दगी उजाडिन्छ। नेपाल शान्तिको देश भनिन्छ, तर नेपालीको भाग्यमा शान्तिभन्दा पीडा र आँसु नै धेरै लेखिएको जस्तो लाग्छ। सधैँ विनाश, सधैँ बिछोड… घरहरू भत्किए, संरचनाहरू मेटिए, अनि कतिपयका त मानव जीवन नै बाँकी नरहेजस्तो गरी सबै सपना र खुसी उजाडिए। 😥💔#नेपालीहामि😥