@rameshnath115: घोषणा गरेको केही घण्टामै दिपा सिम्खडाले खाली गरिन् पसल, राहतका लागि दिइन् कपडा विपद्को समयमा सहयोग गर्ने घोषणा गरेको केही घण्टामै दिपा सिम्खडाले आफ्नो पसलमा रहेका अधिकांश कपडा प्याकिङ गरेकी छन्। दिउँसो राहतका लागि पसलका कपडा उपलब्ध गराउने घोषणा गरेकी उनले साँझसम्म पसलमा रहेका लगभग सबै सामान प्याक गरिसकेकी हुन्। उनले आफ्ना ग्राहकलाई अब २–३ हप्तासम्म पसल बन्द रहने जानकारीसमेत गराएकी छन्। दिपाले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘पसलमा भएका कपडाहरू ग्राहकका लागि राख्नुभन्दा आवश्यकतामा रहेका दिदीबहिनीहरूका लागि अहिले धेरै महत्वपूर्ण लाग्यो।’ पसलबाट प्याक गरिएका सामानहरू वास्तविक रूपमा आवश्यक परेका ठाउँसम्म पुर्याउने तयारी भइरहेको उनले बताएकी छन्। व्यापार फेरि सुरु होला, पसलमा नयाँ सामान पनि फेरि आउला। तर अहिलेको कठिन समयमा आफ्नो व्यापारभन्दा माथि उठेर विपद् प्रभावितका लागि गरेको उनको यो सहयोगी कदमले धेरैको मन छोएको छ। संकटको समयमा देखाइएको यस्तो मानवता र सहयोगभाव वास्तवमै प्रशंसनीय छ।