@fieldkhabar: आगामी २०८४ को स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्याङ्जामा राजनीतिक चहलपहल र चुनावी बहस अहिल्यैदेखि तीव्र बन्दै गएको छ।स्थानीय वासीहरूका अनुसार आगामी निर्वाचनमा अब पुराना नेताहरूलाई विस्थापित गरी नयाँ तथा युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज व्यापक रूपमा उठ्न थालेको छ।पुराना जनप्रतिनिधि तथा नेताहरूले सर्वसाधारण जनताका वास्तविक समस्या समाधान गर्नुको साटो आफ्ना नातागोताका मानिसहरूलाई मात्र प्राथमिकता दिएको सर्वसाधारणको आरोप छ। विकास निर्माणका काममा पक्षपात भएको र पुराना नेतृत्वबाट अपेक्षित अनुसर को परिवर्तन हुन नसकेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन।विशेष गरी आगामी २०८४ मा स्याङ्जाको वालिङ नगरपालिकामा यसपटक युवा नेतृत्वको आगमन हुनुपर्नेमा जोड दिइएको छ। वालिङको मेयर पदमा नयाँ सोच, ऊर्जा र स्पष्ट दृष्टिकोण भएका युवाहरू आउनुपर्ने स्थानीयवासीहरूको भनाइ रहेको छ।पुराना लाई बहिष्कार गर्दै नयाँ पुस्तालाई स्थान दिनुपर्ने लहर स्याङ्जा जिल्ला भर फैलिँदै गएको अबस्था छ। स्थानीयहरूका अनुसार अबको नेतृत्व गुटगत राजनीतिभन्दा माथि उठेर समग्र नगर र जिल्लाको विकासमा समर्पित हुनुपर्छ। युवा पुस्ताले मात्र आधुनिक प्रविधि, नयाँ योजना र पारदर्शिताका साथ काम गर्न सक्ने भएकाले आगामी निर्वाचनमा युवालाई नै विजयी गराउने तयारीमा स्थानीयवासी ऊठन थालेका छन।