@subash.rijal143: त्यो घरको बरन्डाबाट तल उर्लिरहेको खोलाको त्यो भयावह गर्जन सुन्दा, त्यो क्षण उनीहरूको मन कति अत्तालिएको होला? आँखाअगाडि मृत्युजस्तै बनेर उर्लिएको भेल, कानमा लगातार गुञ्जिरहेको खोलाको छाँद, अनि आफ्नै ज्यानको कुनै भर नहुँदाको त्यो पीडा… सम्झिँदा मात्रै पनि मुटु चिरिन्छ। त्यो क्षण उनीहरूको मुटु कति पोल्यो होला, मनले कति गुहार माग्यो होला, आँखाले कति टाढासम्म आफ्ना मान्छे खोज्यो होला—कल्पना गर्नसमेत सकिँदैन। प्रकृतिको त्यो निर्मम रूपका अगाडि मानिस कति निरीह हुँदोरहेछ… हे भगवान्, यस्तो भयावह क्षण भोगिरहेका सबैलाई सकुशल राखिदेऊ। 🙏#foryou