@____mallika: कहिले जनयुद्धसँग हार्यो मेरो देश, कहिले चरम राजनीतिको भुमरीमा रुमल्लियो। कहिले भूकम्पले थला पार्यो, कहिले कोरोनाले। कहिले आफ्नै सरकारसँग हार्यो, र भर्खरै मात्र बलात्कारको चीत्कारसँगै लडिरहेको थियो। संसारकै अग्लो शिर सगरमाथा बोकेको मेरो देश, आज प्रकृतिको प्रहारसँग पनि हारिरहेको छ। तर मेरो देश कमजोर छैन— हरेक चोटपछि उठ्ने, हरेक आँधीपछि अघि बढ्ने अदम्य साहस बोकेको देश हो मेरो नेपाल। 😥🇳🇵🙏. #AllOfNepal #StaySafeNepal @ₚᵣᵢₙcᵢₚₐₗ ₒf ₘᵤᵣₖᵤₜₜₐ✍️