@anulama547: आफ्नो आमा–बुवा गुमाएर, आफ्ना आफन्त र आफ्नो संसार नै गुमाएर यहाँ आइपुगेका करिब ३०० जना विद्यार्थीहरूलाई रेस्क्यु गरेर राखिएको रहेछ। 🥺 यहाँको म्यानेजमेन्ट टिमले उहाँहरूका लागि खानेकुरा बनाउने, खुवाउने र आवश्यक हेरचाह गर्ने काम गरिरहनुभएको रहेछ। अधिकांश बच्चाहरू भित्र बसिरहेका थिए। बाहिर भने चार जना साना नानीहरू चकलेट खाँदै बसिरहेका थिए। मैले उनीहरूसँग केही प्रश्नहरू सोध्दै गर्दा उनीहरूले दिएको जवाफ सुनेपछि… मन थाम्न सकिनँ। आँसु झार्नुबाहेक मसँग अरू कुनै उपाय नै रहेन। 💔 यति ठूलो पीडा बोकेर पनि ती नानीहरूको अनुहारमा देखिएको त्यो निर्दोष मुस्कानले मन झन् भारी बनायो। हजुरहरूले देखाउनुभएको माया, साथ र सहयोगका लागि हृदयदेखि नै Thank you so much. ❤️🙏 हजुरहरूको यो माया र मानवता हामी कहिल्यै बिर्सने छैनौँ।@V Nye Lama @SUNiTA ❤️ @Meena rana