@krishnathapa394: भाद्र १०, ०८३; भोटेकोशीले दिएको अर्को चेतावनी! बुटवलमा २०३८ साल असोज १३ को त्रासदी फेरि दोहोरिन नदिऔँ। भोटेकोशीको दैविक प्रकोपले हामीलाई एउटा गम्भीर पाठ सिकाएको छ! पहाडको फेद र नदीको तटीय क्षेत्रमा बनाइएका बस्ती, सडक र शहर सधैं सुरक्षित हुँदैनन्। विशेषगरी ठूलो वर्षाका कारण पाल्पाको दोभान क्षेत्रमा पहिरो खसेर केही घण्टा मात्रै तिनाउ नदी थुनियो भने, बुटवल लगायत तिनाउ कोरिडोरमा बसेका बस्तीहरूले ठूलो विपद्को सामना गर्नुपर्ने अवस्था आउन सक्छ। विपद् आएपछि पछुताउनु भन्दा, आउनुअघि नैं सजग हुनु बुद्धिमानी हो।