@dipasimkhadaofficial: राहत बाँड्न सिक्यौ , सहयोग गर्न सिक्यौ , यो समयमा सायद अरु केहि कुराहरु पनि सिक्न जरुरि छ जस्तो लाग्यो त्यसैले लेख्दैछु । हाम्रो संस्कारले हामीलाई दुःख परेको घरमा जान सिकाएको छ। यो हाम्रो असाध्यै राम्रो संस्कार हो तर आफ्ना मान्छे गुमाएका परिवारको घरमा पुग्दा के गर्ने, कसरी बोल्ने, के नगर्ने ? सायद यो कुरा हामीलाई स्कुलमा पढाइएन। संस्कारमा सिकाइएन। अथवा हामीलाई यो बिषयमा थाहा नै छैन । हामिहरु सोकाकुल घरको गेट सम्म हास्दै जान्छौ तर त्यो घरको गेटभित्र छिरेपछि रुन थाल्छौ । त्यहाँ गएर त्यहि शोकमा डुबिरहेको परिवारको अगाडि आफू र त्यो बित्नुभएको वा हराउनुभएको मान्छेको सम्बन्ध सुनाउन थाल्छौ । उसले मलाई यस्तो भन्थ्यो, मसँग यस्तो सम्बन्ध थियो, अस्ति भेट्दा यस्तो गरेको थियो.. अनेक अनेक !!! तपाईंको भावना साँचो हुन सक्छ। म त्यसलाई गलत भन्दिन , तर त्यो कुरा त्यही पीडित परिवारको अगाडि गएर सुनाउनैपर्छ भन्ने छैन। जुन मान्छे अहिले आफ्नो सबैभन्दा ठूलो पीडामा छ, उसको अगाडि गएर आफ्नो भावना देखाएर आफू कति दुःखी छु भन्ने प्रमाणित गर्न जरुरी हुन्छ र ? कतिपयले त परिवारको भावना पनि थपिदिनुहुन्छ मेरो छोरा रोएर स्कुल गयो , मेरो श्रीमान्ले पनि आज खानै खानुभएन , यो कुरा सुनेदेखि हाम्रो परिवार नै रोयौ भनेर ,त्यो बेला पीडित परिवारलाई आफ्नो परिवारको दुःख पनि बोकाउन जरुरी छैन। यस्तो बेला तपाईं उहाँको पीडा कम गर्न होइन, नचाहँदा नचाहँदै झन् थप्न पुगिरहनुभएको हुन्छ । तपाईंको भावना साँचो हो भने, त्यो भावना आफ्नो मनमा राख्नुस् घर फर्केर आफ्नो परिवारसँग भन्नुस्। भगवान्सँग भन्नुस्। उहाँलाई सम्झेर एक्लै रोइदिनुस् तर पिडितमाथि नथपिदिनुस् । अनि कोहि फेरि रोइरहेको मान्छेलाई नरोऊ ,कति रोको , यसरि पनि हुन्छ ? भन्दै ठुलो ठुलो स्वरमा कराउछन् । तपाईलाई थाहा छ, आँसु भगवानले किन दिनुभएको ? तपाईं आफैँलाई सम्झिनुस् त आफूलाई पर्दा रोएपछि मन अलिकति भयपनि हलुका भएको थियो कि थियन ? भएको थियो नि । हो त्यस्तै मन उसको पनि छ । त्यसैले रुन दिनुस् , आफ्नो भावना आफैँ बुझ्न दिनुस्। मान्छे रोएर कमजोर हुँदैन। आँसु झरेपछि मनमा थुनिएको पीडा पनि अलिकति बगेर जान्छ , आँसु भगवानले त्यसैका लागि दिनुभएको हो । अनि त्यहीँ छेउमा बसेर कोहि पुरुषहरु राजनीति, समाज र ब्यापारका गफ गरिरहेका छन् अनि नारिहरु आफ्नो छोराछोरिको अनी अरूका कुरामा गर्न ब्यस्त हुन्छन् । त्यो घरमा हामी पीडितलाई भेट्न गएका हौँ, आफ्नो छोरा, श्रीमान् वा परिवारका कथा पनि त्यहीँ बसेर सुनाइरहनु जरुरी छैन। गफको पनि ठाउँ र समय हुन्छ शोकमा डुबेको घर गफ गर्ने ठाउँ होइन। अर्को कुरा जीवन र मृत्यु यस्तो हो, उस्तो हो भनेर लामो लामो कुरा गरेर सम्झाउन नबस्नुस् , उहाँलाई सबै कुरा थाहा छ। पीडाको बेला कसैले दिएको सुझाव सुन्ने मन हुँदैन, साथ चाहिन्छ। सक्नुहुन्छ भने किचन कहाँ छ भनेर सोध्नुस्, के खानुभयो ? म के बनाइदिऊँ? औषधि खानुपर्ने छ कि सोध्नुस् बच्चाबच्चीलाई हेरिदिनुस्। म यस्तै परिस्थिति भोगेका कसैको घरमा जाँदा मनमनै भगवान्सँग सधै यहि माग्छु हे कृष्ण! मेरो मनमा अलिकति पनि शान्ति छ भने आज त्यो शान्ति उहाँलाई दिनुस्। उहाँको मनमा यति धेरै बेचैनी छ भने त्यसको एक प्रतिशत भए पनि मलाई दिनुस्, त्यसले उहाँको बेचैनी एक प्रतिशत कम हुन्छ भने आज त्यो बेचैनी म खपिदिन्छु। सबै कुरा बोल्नैपर्छ भन्ने हुँदैन, केही ठाउँमा नबोल्नु वा थोरै बोल्नु नि संस्कार हो। ✍️Dipa Simkhada #wordsbydipa #dipasimkhada
Dipa Simkhada
Region: NP
Saturday 29 August 2026 10:54:20 GMT
Music
Download
Comments
Dipa Simkhada :
कसरी भयो? के भएको थियो? जस्ता घटनाका दर्दनाक विवरणहरू सोधेर उनीहरूलाई फेरि त्यही पीडाको आगोमा नजलाउनुस् 🙏
2026-08-29 11:17:52
356
unlovedsoul39 :
सबैले पुरा पढ्नु होला सिक्ने मौका पाइने रैछ
2026-08-29 11:05:15
60
पारिजात ~🥀🇳🇵🇰🇷 :
Yes 100% right dear sister 🥰🙏
2026-08-30 13:58:07
1
Nishaa :
sarai ramro vaannu vayo diju ❤️❤️❤️
2026-08-29 11:55:35
7
Kristina cosmetics 💅💄 :
मलाई हजुर को हरेक शब्द सारै राम्रो लाग्छ 🙏🙏🙏
2026-08-30 16:56:17
1
Subashi Thapa :
“दिदी, हजुरका शब्दहरू पढ्दै जाँदा मन निकै छोयो। 🙏❤️जीवन र मृत्युजस्तो संवेदनशील विषयमा पनि यति गहिरो कुरा सम्झाइदिनुभएकोमा हजुरप्रति अझै सम्मान बढ्यो। अरूको पीडामा आफ्नो भावना मात्र पोख्ने होइन, पीडितको मन बुझेर उनीहरूलाई कसरी साथ र सान्त्वना दिने भन्ने कुरा हजुरका शब्दहरूले सिकायो। हजुरले लेख्नुभएको हरेक शब्दमा मानवता, संवेदना र करुणा भेटिन्छ। यस्तो कुरा पढेर सोच्ने तरिका नै बदलिँदो रहेछ दिदी। हजुरको कलम सधैं यस्तै सत्य, संवेदनशील र मन छुने कुरा लेखिरहोस्। 🙏🌸”
2026-08-29 12:53:08
5
गिता बिश्वकर्मा❤️ :
साच्चिकै हजुर ,हजुरको व्यवहार र हजुरको शब्द आफै बोलिरहेछ म व्याख्या गर्न सक्दैन😳😳😳🙏
2026-08-29 11:01:57
8
gopalkhanal149 :
कति यथार्थ कुरा लेख्नु भएकाे नानी तपाईकाे हृदयजस्ताे कसैकाे हुदैन तपाईले पिडीत परिवारलाई राहार पुर्याउने उदेश्यले आफ्नु वयावसाय मा लताकपडा सबै प्रपान गर्नुभयाे तपाईलाई हार्दिक सलाम छ
2026-08-29 12:06:45
5
minu bistapoudel :
कति महान कति राम्रो बिचार ❤️
2026-08-31 07:06:10
1
❤️🇳🇵🤗 :
@❤️🇳🇵🤗:सबैको मन अनि सोच बिचार हजुरको जस्तै भैदिय कस्तो हुन्थेयो होला है यो सन्सार ❤️❤️🙏🙏
2026-08-30 04:58:46
1
𝑺𝒎𝒓𝒊𝒕𝒊𝑲𝒄🧿❤️(सानीमाया) :
प्रिय मेरी राधा🦚
तिमीमा साँच्चै भगवान राधाले नाई बास गर्नु भाछ तिमी मेरो लागि भगवान् कृष्णकी नै राधा हौ ❤️
2026-08-29 11:51:33
7
Dipika🌙👰🦋 :
एकदमै राम्राे विचार हामी सबैले यहाँ बाट सिक्न जरूरी छ सके सहयोग गरौँ यदि सकिँदैन भने पिडा दिने काम नगरौं सधैं सकारात्मक सोच बोकेर हिँडौँ ठाउँ, समय र परिस्थिति अनुसार कसरी बोल्ने ,के बोल्ने भनेर बोल्ने बानीको विकास गरौं 🙏🏻🥺💗
2026-08-30 03:21:21
1
Paresh Rai :
हो, यो सस्कार चै हामी नेपालिहरुले सिक्नै पर्ने छ
2026-08-29 17:09:55
1
Dikxu❤️😘Sudip :
हजुरले बोल्नु भएको एउटा एउटा शब्दले मनलाई साँच्चै छोइरहेको हुन्छ, दिदी❤️हजुरको शब्दमा नै यस्तो मिठास र आफ्नो पन छ कि सुन्दा मन भावुक हुन्छ सच्चा देवी नजिकै भएको झै हुन्छ❤️🥺
2026-08-29 16:40:17
1
babitaneupane :
कोहि मान्छेहरु यति राम्रा कसरी हुन सक्छ्न के ❤️रुपको पनि मनको पनि ❤️
2026-08-29 12:23:30
2
नितु 🧿 :
म लेख्ने र कसैलाई भन्ने त गरेकी छैन , तर हजुरले लेख्नु भएको कुराहरु मेरो मनको कुराहरु हुन्छन् ति मध्ये यो एकदमै मेरो मनमा लागेको कुरा हो 🥹❤️
2026-08-29 15:09:46
1
Kalpana Chhetri1💚143 :
सारै यर्थार्थित कुरा हजुरको म सधै विग फ्यान💕हुम 🫡
2026-08-29 13:30:32
1
11:11 ॐ 🤞 :
कोहि मान्छेहरु यति राम्रा कसरी हुन सक्छ्न के ❤️रुपको पनि मनको पनि ❤️
2026-08-29 11:10:02
3
Comedy Girl😅😍 :
कति धेरै बुझ्ने र सकारात्मक सोच भाउजूको साच्चै म हजुरलाई देबिको अर्को रुप देख्छु ❤️मन हल्का हुन्छ हजुरको लेख पढ्दा अनि कति धेरै कुरा नि सिक्मे मौका मिल्छ❤️love you bhauju🥺❤️
2026-08-29 11:38:38
20
SaRaLa :
Samayale diyako ghau…samayale nai bistarai niko banaudai laijanxa…pida parekolai samalina time lagxa….🥹
2026-08-29 11:05:02
6
Suneeta Thapa :
मानवता जोगाएर बोल्ने बानी बसाल्नुहोस । भिउज र लाइक कमाउनको लागि होइन मानिस बचाउने काम गर्नुस् । भगवान हुनुहुन्छ विश्वास गरेर सही कर्म र मार्ग हिड्नुहोस् ।🙏🙏
2026-08-29 11:26:31
8
Durga timilsina :
hajur bata siknu parni kura dherai xa sikaudai Janus hai aliali gari sikni prayas garne xu
2026-09-04 14:58:28
0
निशब्द मन :
💖💖💖
2026-09-04 11:31:04
0
Kalpana Madai :
ek dam right✅ honi diju jati ramri manxe tetinai ramro soch❤️
2026-08-29 13:07:05
0
To see more videos from user @dipasimkhadaofficial, please go to the Tikwm
homepage.