@rameshnath115: बाढीपछि ८ महिनाकी गर्भवती अनुस्का पाण्डे र २ वर्षीय छोरा बेपत्ता रसुवा । रसुवाको टिमुरे स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत अनुस्का पाण्डे बुधबार आएको बाढीपछि आफ्ना २ वर्षीय छोरासहित बेपत्ता भएकी छन्। परिवारका अनुसार अनुस्का करिब ८ महिनाकी गर्भवतीसमेत हुन्। बाढीपछि आमा र छोरासँग सम्पर्क हुन नसकेपछि परिवारजन गहिरो चिन्तामा परेका छन्। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्ने प्रयास भइरहेको जनाइएको छ। अनुस्का पाण्डे र उनका छोरालाई कसैले देखेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएको भए तत्काल स्थानीय प्रशासन वा परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ। 📞 ९८१३७७२८४० 📞 ९८६३५२०१५१ कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरी खोजी कार्यमा सहयोग गरिदिनुहोस्।#BreakingNews #बालेनसरकार