@ayushshah311: गोरखाको छेकम्पारमा पहिरो- स्यार खोला केहीबेर थुनियो- गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारस्थित चौरीखर्क जंगल क्षेत्रमा ठूलो पहिरो खस्दा स्यार खोला (बूढीगण्डकी नदीको सहायक खोला) आज (भदौ १५) गते बिहान करिब आधा घन्टा थुनिएको स्थानीय होटल सञ्चालक पासाङ लामाले जानकारी दिए। उनकाअनुसार हिजोअस्तिदेखि नै यहाँ पहिरो खसिरहेकोमा आज बिहान करिब ८:४५ बजे ठूलो साना पहिरो खसेको थियो भने पहिरो खस्ने क्रम अहिले पनि जारी छ। पहिरो खसेपछि पहिरो खसेको क्षेत्रभन्दा तल करिब आधा घन्टा खोलामा पानी बगेको थिएन भने त्यसपछि पानी बगिरहेको छ। #budigandaki_river #landscape