@madhurpoudel3: बिहानदेखि आफैंले खाना बनाएर बाढी–पहिरोबाट प्रभावित पीडितहरूलाई आफ्नै हातले खाना पसकेर दिन लाग्नुभएका दुर्गेश दाइ खाना बाँड्ने ठाउँमा हुनुहुन्थ्यो। खाना खान लाइनमा उभिएकी एउटी नानीको पालो आउँछ। नानीले दाइलाई हेरेर सोध्छिन्— “तपाईं दुर्गेश थापा हो?” दाइले मुस्कुराउँदै भन्नुहुन्छ— “हो।” त्यसपछि नानीले डराएर सोध्छिन्— “हात मिलाउन मिल्छ?” दाइले पनि मुस्कानसहित नानीसँग हात मिलाउनुहुन्छ। त्यही बेला एकजना आंटीले सानो बाबुलाई लिएर आएर भन्नुहुन्छ मेरो बाबुले पनि हात मिलाउन खोजेको छ।” दाइले त्यो बाबुसँग पनि मायाले मुस्कुराउँदै हात मिलाउनुहुन्छ। केहीबेरपछि तीन जना नानीहरू छाता ओढेर अलि पर बसेर दाइको भिडियो खिचिरहेका हुन्छन्। दाइसँग बोल्न भने डराईराको हुन्छन्, तर टाढैबाट दाइलाई हेरिरहेका हुन्छन्। दाइले उनीहरूलाई देखेर आफैं बोलाउनुहुन्छ। नानीहरू आउँछन् र फोटो खिच्छन्। फोटो खिचिसकेपछि उनीहरूको अनुहारमा देखिएको खुसी त हेरी रहूँ जस्तो थियो। 🥹 दुर्गेश दाइ, तपाईंले खाना मात्र खुवाउनुभएन, यी साना नानीहरूको मनमा एउटा मीठो सम्झना र अनुहारमा अमूल्य मुस्कान पनि दिनुभयो। अरूको दुःखमा साथ दिनु, आफ्नै हातले खाना बनाएर पीडितहरूलाई खुवाउनु अनि स-साना चाहनालाई समेत सम्मान गर्दै मुस्कान बाँड्नु— यही त असल मनको पहिचान हो। तपाईंको यो मानवीय काम र सरल व्यवहारको जति प्रशंसा गरे पनि कम हुन्छ। सलाम छ दुर्गेश दाइ! 🙏❤️@Durgesh thapa #madhurpaudel #viral