@maheshmedia_nepal: भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका क्षेत्रहरूमा ‘ग्रीन आर्मी’ नामको एउटा गैरसरकारी समूह सैन्य पोसाक (कमब्याट ड्रेस) मा उपस्थित भएपछि स्थानीय तह र सुरक्षा निकायबिच अन्योल सिर्जना भएको छ। सरकारी निकायहरूसँग कुनै समन्वय नगरी सैन्य ढाँचामा उद्धार कार्यमा खटिएको उक्त समूहको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूको आधिकारिता र वैधानिकतामाथि स्थानीयले गम्भीर प्रश्न उठाएका हुन्। सामाजिक सञ्जाल ‘एक्स’ र टिकटकमा सार्वजनिक भिडियोमा सैनिक पोसाक जस्तै देखिने चुस्ता लगाएका युवाहरू उद्धारमा खटिएको देखिन्छ। ‘हामीलाई नेपाली सेना त थाहा थियो, यो ग्रीन आर्मी कहाँबाट आयो?’ भन्दै स्थानीयले प्रश्न गर्दा उक्त समूहका एक युवकले आफूहरू काठमाडौँबाट आएको ‘ग्रीन आर्मी’ भएको बताएका छन्। फेसबुकमा ‘ग्रीन आर्मी नेपाल काठमाडौँ’ नामको पेजमार्फत उनीहरूले आफ्ना गतिविधिहरू सम्प्रेषण गर्दै आएको र स्कुल-कलेजका विद्यार्थीहरूलाई आबद्ध गराई सङ्गठन बनाएको देखिएको छ। तथापि, विपद् प्रभावित क्षेत्रमा खटिएका मुख्य सुरक्षा निकायहरू भने यस समूहबारे पूर्णतः अनभिज्ञ देखिएका छन्। बागमती प्रदेशका प्रहरी प्रमुख (डीआईजी) दीपक रेग्मी र नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले ‘ग्रीन आर्मी’ को उपस्थिति र गतिविधिबारे आफूहरूलाई पूर्वजानकारी नरहेको र यसबारे बुझ्ने काम भइरहेको बताएका छन्। उनीहरूले दिएका सम्पर्क नम्बरहरूमा फोन गर्दा समेत सम्पर्क हुन सकेको छैन। --- संक्षिप्त समीक्षा महाविपद्को घडीमा स्वयंसेवी रूपमा उद्धार र राहतमा जुट्नु नागरिक वा युवाहरूको सकारात्मक भावना हुन सक्छ। तर, राज्यको पूर्वस्वीकृति वा समन्वयविना, अझ सुरक्षा निकायको झल्को दिने गरी ‘सैन्य पोसाक’ र ‘आर्मी’ नाम प्रयोग गरेर संवेदनशील क्षेत्रमा खटिनुले कानुनी र सुरक्षात्मक जटिलता पैदा गर्छ। विपद्को जटिल परिस्थितिमा कसैले पनि समानान्तर सुरक्षा संयन्त्रजस्तो देखिने गरी गतिविधि सञ्चालन गर्न पाउँदैन। गृह प्रशासन र स्थानीय सुरक्षा निकायले यस्ता समूहको उद्देश्य, संरचना र पोसाकको वैधानिकता तत्काल छानबिन गरी उद्धार कार्यलाई केवल आधिकारिक र एकद्वार प्रणालीभित्र ल्याउनु आवश्यक छ।
Iniharu chaldaina hamilai Nepali Sena ra Nepal police kati xa🫡🫶🙏❤️
2026-09-01 21:53:44
0
aashiq :
ncc तालीम गरेको बिद्यार्थी हरु हुन जस्तो लाग्यो नेपाली हरु नै हुन नेपाल आर्मीले यस्तो तालिम दिन्छन विभिन्न स्कुल बाट चुनियको बिद्यार्थी ले यो तालिम गर्छन ।
2026-09-01 13:35:37
23
Gobinda Basnet6457 :
K hudaixa eta feri
2026-09-01 21:56:42
0
saran pandey :
यिनको पोसाक भारितय सेना संग किन मिल्छ
2026-09-01 16:06:10
10
thapa :
mero desh jai nepal t r ab.........
2026-09-01 16:18:17
0
Neymar Jr10 :
it's so dangerous for Nepal. Where is government?
2026-09-01 14:54:32
0
rajiv :
देश tob को हात मा गैसकेको हो नत्र इनलाई समातेन किन
2026-09-01 13:27:58
37
Lahure Suraj :
Phree k ayku nepl ma yrr ap f army police xa ta aruu phre kinea
2026-09-01 14:13:45
0
manoj :
यो एकदमै सुरक्षा चिन्ताको बिषय हो, सबैले सकेको सुचना प्राप्त गरी सुरक्षा निकायलाई दिनु नै हामी नागरीकको कर्तव्य हुन ॲाउछ ।
2026-09-01 13:23:20
14
Lila Dhar Gaire :
mcc treaning garekaa students haru hun sarkaari school harumaa treaning dinchhan senaa harule ......
2026-09-01 14:11:34
1
Evergreen Suresh :
Hagi sako dailo dekho vanayko yahi hola tayska green army 3 din agi kaha thiya ra aja so gardaixa
2026-09-01 16:09:53
0
किरण हाङ्ग राई :
यो ना ग्रीन आर्मी भएनि यो कुनै राज्यको प्रसासनि काम गर्दैन यो स्कुल हरुमा गठन गरिने स्काउट तथा रेडक्रस जस्तो हो यो सामाजिक परिचालक को जस्तै काम गर्छ यसले बिपतको बेला उद्दार तथा राहातको लागि सहयोग गर्छ यस्तो किसिमको भ्रम नछरौ ।🙏🙏
2026-09-01 17:38:27
1
라제서 림부🔥👽️(solitary man) :
nepali janta ko abo aayu dheraii lamo x jasta xaina ..aaja green army.voli blue army pairse red army ani yello army hola ..kaile nasune ko nadekheko k hudaix desh ma ...sarkarle thula mauka payex uthal phuthal garne bela😳
2026-09-01 14:39:06
0
SD Bist :
यि सबै TOB हामि नेपाल परिचालन भाछन भन्ने सुत्रले भन्छ खै के हो!! जे भये नि सरकारले छिटो नागरिकको उद्दार गर
2026-09-01 15:06:29
4
Prakash Ghimire :
Kuro Ke Ho yo ???
2026-09-01 14:56:18
1
GYAN SUNUWAR :
हर्कको पार्टीले लगाएको श्रम टिसर्ट लगाउदा पार्टी को प्रचार भयो भनेर बिरोध गर्नेहरुले एस्तो बिपतिमा ग्रीन ड्रेस कमब्याट लगाएर आउने लाई के भन्छन अब?
2026-09-01 15:28:23
1
ramdhami790 :
याे अति भयाे देश कुन माेड मा छ भन्ने कुरा छर्लङ्ग छ । है सबै सचेत रहु ।
2026-09-01 14:39:10
1
North pole :
अब नेपालमा गृर्य युद हुनेछ यस्तै ताल हो भने
2026-09-01 14:53:19
1
Dharmendra Shrestha :
TOB hoki
2026-09-01 14:44:59
1
RND :
साहि सेनाको मान्छेले नै तालिम दिएको देखेको थिए हाम्रो गाउको सामुदायिक भवनमा।
2026-09-01 13:53:20
1
Raju Rana :
aba nepal sakiyo
2026-09-01 14:21:24
1
Ashish Joshi :
Tob आर्मी ! ग्रिन आर्मी !!नेपाली आर्मी!! अब नेपालमा सबै आर्मी आर्मी जता हेर्यो त्यतै आर्मी देखिन्छ कि क्या हो???
2026-09-01 14:16:44
1
Syakirahamzahh :
nepal aja dearie bigarni vo
2026-09-01 15:20:53
1
अज्नबी मगर :
नेपाल सरकारले नेपाली सेना ससस्त्र र पुलिले लगाउने पोसाक सँग मिल्दोजुल्दो पोसाक कसैले पनि लगाउन नपाउने गरी तत्काल घोषणा गर्नु पर्छ 😕
2026-09-01 15:03:36
1
Gyanendra Pokharel :
लेबनान नाम गरेको देशमा स्वतन्त्र रूपले काम गर्ने दशौँ थरिका आर्मीहरू छन्। ती विभिन्न आर्मीहरू देशको मूल आर्मीको कन्ट्रोलमा छैनन् । नेपालमा पनि त्यस्तै विभिन्न थरी आर्मीहरू बन्ने र परिचालित हुने अवस्था आएको देखिन्छ। यो देशको लागि शुभ खबर होइन।
2026-09-01 14:41:12
2
To see more videos from user @maheshmedia_nepal, please go to the Tikwm
homepage.