@isabelsarmiento0508:

Isabel Sarmiento
Isabel Sarmiento
Open In TikTok:
Region: EC
Tuesday 01 September 2026 17:42:22 GMT
220
62
3
0

Music

Download

Comments

user273106224363
Goodbye :
hola hermosa princesa. te amooo
2026-09-01 17:49:18
1
oscarayff
user4858332822469 :
2026-09-01 19:41:25
0
cronicasdeuncorazon
Corazón Viajero :
❤️❤️❤️
2026-09-01 18:48:33
0
To see more videos from user @isabelsarmiento0508, please go to the Tikwm homepage.

Other Videos

आज भोटेकोशी बाढीबाट सृजित विपद्को पाँचौँ दिन । नारायणी नदीमा बाढीले बगाई त्रिवेणी किनार ल्याइपुर्‍याएका शवहरूको व्यवस्थापन प्रक्रियाबारे आज स्थलगत समन्वय गर्‍यौँ। सम्बन्धित निकायले गरिरहेका कामहरू व्यवस्थित रहे-भएकोमा उहाँहरूलाई धेरै आभार र कृतज्ञता व्यक्त गर्दछु । सम्भावित महामारी र दुर्गन्धको न्यूनीकरण गर्न यो व्यवस्थापनले सहयोग गर्छ नै भनेर हामी प्रयासरत छौं । सोही सिलसिलामा नेपाल-भारत सीमामा पर्ने त्रिवेणी नाका स्थित स्वास्थ्य सहायता कक्षका स्वास्थ्यकर्मीहरूले लामो समयदेखि टेन्टमुनिबाट दिइरहनुभएको सेवाबारे कुराकानी गर्‍यौँ। सो सहायता कक्षको संरचनाको स्तर वृद्धि गर्न के-के गर्नुपर्छ भन्नेबारे सुझाव पनि लिएँ। चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने नदी किनारमा पनि बाढीले बगाएर ल्याएका प्रशस्त शवहरू छन्। त्यसैले, ती शवहरूको व्यवस्थापन सम्बन्धमा त्रिवेणी स्थित चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाले निरन्तर काम गरिरहेकोमा सो को सराहना गर्दै आवश्यक अन्य स्रोत-साधनको उपलब्धता सुनिश्चित गर्न संघीय सरकारबाट गर्नुपर्ने समन्वयका बारे छलफल गर्‍यौँ।  साथै, राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन (Chief Warden) लाई सम्पर्क गरी नारायणी पारी र चितवन तर्फको मानव शव व्यवस्थापन तथा पशु शव व्यवस्थापनका लागि आवश्यक सबै कार्य तदारुकतासाथ सम्पन्न गर्ने गरी अनुरोध पनि गर्‍यौँ। त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकाका वडा नं. ६ र ७ का वडाध्यक्षहरू नुरेन्द्र साह र उमेश कार्की लगायत वडाका कर्मचारीहरूसँग शव व्यवस्थापन, वडाका नियमित समस्या र संघीय सरकारसँगका मागहरूका बारे विस्तृत कुराकानी भयो। वडा नं. ७ स्थित प्राथमिक स्वास्थ्य चौकीको पनि निरीक्षण गरी त्यहाँबाट प्रदान भइरहेको स्वास्थ्य सेवाबारे जानकारी लियौँ। साथै, छिमेकी निर्वाचन क्षेत्रका सांसद श्री विक्रम खनालको निवासमा भेटघाट गरी अन्तर-निर्वाचन क्षेत्र समन्वयका विषयमा छलफल भयो। यसका अतिरिक्त क्षेत्रभित्र हिँडिरहँदा क्षेत्रका नागरिकहरूसँग उनीहरूका गुनासा, सुझाव र आवश्यकताहरू ध्यानपूर्वक सुनी ती तमाम गुनासाहरूलाई यथासम्भव छिटो समाधानको बाटोतर्फ लैजानेबारे प्रतिबद्धता जनाएँ। नागरिकका आवाजलाई संघीय सरकारसम्म पुर्‍याउने र स्थानीय समस्या समाधानमा सहजीकरण गर्ने क्रम निरन्तर जारी रहनेछ।

About