@sudan.gurung011: “भीषण बाढीका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ। यस विपत्तिमा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले ज्यान गुमाउनुभएको छ भने धेरै नागरिक घाइते र केही अझै बेपत्ता हुनुहुन्छ। यो दुःखद् खबरले हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ। उद्धार गरेर ल्याइएका घाइते नागरिकहरूको स्वास्थ्यमा सुधार होस् भनेर अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। आज उहाँहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न, उपचारमा कुनै कमी छ कि छैन भन्ने जानकारी लिन र उहाँहरूलाई सरकार साथमा छ भन्ने विश्वास दिलाउन म अस्पताल आएको छु। यता, बाढीमा परेर हराइरहनुभएका नागरिकहरूको खोजी तथा उद्धार कार्य पनि निरन्तर जारी छ। एक जना नागरिक पनि बेपत्ता रहँदासम्म हाम्रो खोजी अभियान रोकिने छैन। ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो कठिन घडीमा सरकार प्रभावित नागरिकहरूको साथमा छ। उद्धार, उपचार, राहत र खोजी कार्यलाई अझ प्रभावकारी बनाउँदै संकटमा परेका प्रत्येक नागरिकसम्म राज्यको उपस्थिति पुर्याउने हाम्रो जिम्मेवारी हो।” 🙏🇳🇵❤️ #creatorsearchinsights #नेपाल_सरकार_गृह_मन्त्रालय #creatorsearchinsights #nepal #sudangurung