@dhanateras: काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा आगलागी भएपछि अस्थायी रूपमा नयाँ भवनमा सारिएको सर्वोच्चमै आगलागी भएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अभिलेख शाखामा राति करिब १२ बजे आगलागी भएको थियो । आगलागीबाट काम नलाग्ने भई थुपारिएका केही सामान्य कागजपत्र जलेका छन् । प्रवक्ता कोइरालाले महत्वपूर्ण अभिलेखमा भने क्षति नपुगेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रवक्ता कोइरालाले बताए ।