@haribasnet9: 💔 आज रसुवा रोइरहेको छ… 🌧️🌊 कसैको घर मात्र बगेको होइन, कसैको वर्षौँको मेहनत, कसैका सपना र सम्झनाहरू पनि बगेका छन्। आफ्नो सबैथोक आँखै अगाडि गुमाउनुपर्दाको पीडा कति गहिरो होला… 🥺 यो विपत्तिले प्रभावित प्रत्येक परिवारको दुःखमा हाम्रो मन पनि रोएको छ। भगवान् सबैलाई सुरक्षित राखून्, हराएकाहरूको सकुशल खबर मिलोस्, र रसुवाले फेरि उज्यालो दिन देखोस्। 🙏❤️🇳🇵 आज रसुवालाई हाम्रो साथ, हाम्रो प्रार्थना र हाम्रो माया चाहिएको छ। रसुवा एक्लो छैन। 🤝❤️ #RasuwaFlood #PrayForRasuwa #StandWithRasuwa #Rasuwa #NepalFlood